खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

  प्रकाशित मिति
७ पुष २०७७, मंगलवार १६:४४


झापा, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन् ।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रोफेसनल करिअर’ बाट आएका खतिवडा लाभको पदमा काम गर्ने सबैभन्दा धेरै अवसर पाएकामध्ये पर्छन् ।

उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो । उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो ।

गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो ।

लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए ।

खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिए । सांसद नरहेपछि छ महिना मात्रै मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालका लागि पनि राष्ट्रिय सभामा नियुक्त गर्ने प्रयास गरेका थिए ।

नेकपाको सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा बहुमत पुगेपछि ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: