खयरडाँगीमा आज ८४ जनाको परीक्षण गर्दा ३४ जना पोेजेटिभ

  प्रकाशित मिति
७ श्रावण २०७८, बिहीबार २१:०२


मेचीनगर, ७ साउन । मेचीनगरको वडा नं. १० मा कोरोना संक्रमित बढेको बढ्यै छन् ।

खयरडाँगीस्थित शिशु साक्षर आधारभूत विद्यालय परिसरमा आज ८४ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ३४ जना संक्रमित मेचीनगरमा थपिएका छन् ।

खयरडाँगीमा गरिएको एन्टीजेन परीक्षणमा वडा नं. १० भन्दा बाहिरका पनि नगरवासी आएका थिए । ३४ जना पोजेटिभमध्ये अधिकांश मेचीनगर १० का छन् ।

वडामा संक्रमित थपिएका कारण वस्तीहरुमा त्रास सिर्जना भएको स्थानीयवासी बताउँछन् ।

वडा सिल हुनुपर्ने सुझाव सामाजिक सञ्जालमार्फत आउन थालिसकेको छ ।

युवा नेता वीपी भट्टराई र शिक्षक महेश खड्काले वडामा कोरोना संक्रमण नियन्त्रण गर्न सिल गरिनु पर्ने फेसबुकमा सुझाव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: