खरवुजा, मेवा र कागती बारीमै कुहिए (फोटो फिचर)

  प्रकाशित मिति
४ जेष्ठ २०७८, मंगलवार १२:४८


मेचीनगर, ४ जेठ । लकडाउनका कारण दश विगाहा क्षेत्रफलमा लगाईएको खरवुजा, कागती र मेवा बारीमानै कुहिन थालेको छ ।

मेचीनगर नगरपालिका–१४ स्थित दुवागढीमा मोडर्न एग्रिकल्चर फार्ममा दश विगाहा क्षेत्रफलमा लगाईएका खरवुजा, कागती र मेवा बारीमानै कुहिन थालेको हो ।

पाँच वर्षदेखि स्थानीय दुई जना युवाहरु मिलेर व्यवसायिक कृषि फार्म सञ्चालन गरेका हुन ।

मेचीनगरका स्थानीय चन्द्र पौडेल र सौरभकुमार कानुले संयूक्त रुपमा एक करोड भन्दा बढी लगानीमा पहिलो चरणमा खरवुजा, कागती र मेवाको खेती सुरु गरेका छन् ।

उनीहरुले दश विगाहा मध्ये ७ विगाहमा कागती र मेवा तथा ३ विगाह जग्गामा खरवुजा खेती लगाएका हुन् ।

आधुनिक र उन्नत माछा पालनको तयारी समेत गरिरहेका उनीहरुले कोरोनाको महामारीका कारण कृषि खेती छोडने कि समाउने दोसाधमा परेका छन् ।

‘करोड भन्दाबढी लगानीमा सुरु गरेको खेती लकडाउनले चौपट भयो’ सञ्चालक पौडेलले भने–‘उत्पादन भएका खरवुजा, कागती र मेवा बजार लान समस्या भएको छ । लकडाउनका कारण लाखौँ रुपैयाँको फलफुल बारीमानै कुहिएको छ ।’

अन्य बालीको तुलनामा राम्रै फाइदा हुने हिसावले यसमा लाग्यो तर लकडाउनेले लगानी डुव्ने चिन्ता हुन थालेको अर्का सञ्चालक कानुले बताए ।

‘बजारमा यी उत्पादनको माग बढ्दो छ’, सञ्चालक कानुले भने –‘तर बजार लान समस्या छ । स्थानीय सरकार र प्रहरी प्रशासनले यसमा समय तालिका तोकिदिएको छ । त्यो समयमा बारीबाट गाडीमा लगेर बजार पुर्यान नपाउँदै समय सकिन्छ ।’

समयमा नै खरवुजा, कागती र मेवा बजार पुर्याउन नपाउदा वर्षौदेखिको हाम्रो परिश्रम र लगानी खेरा गएको सञ्चालकहरुको भनाइ छ ।

पौडेलका अनुसार फार्ममा १० जना मजदुरहरुले काम गरिरहेका छन् । उनीहरुलाई समेत तलव खुवाउन मुस्किल हुन थालेको उनले बताए ।

।। शव्द–तस्वीर : देवेन्द्र खरेल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: