खानपान र हाम्रो स्वास्थ्य

  प्रकाशित मिति
१ भाद्र २०७५, शुक्रबार ०८:५४


कुनै समय थियो घरमा जे पाक्छ त्यही खायो । तर, अहिले समयले हामीलाई घरको खानामा सीमित गरेको छैन । उहिले घरमा जे पकाइन्थ्यो त्यो प्रायः आफ्नै खेतबारी, भिरपाखा, खोलाखोल्सी र गोठको हुने गथ्र्यो । मीठो मसिनो खान चाडवाड पर्खनु पथ्र्यो । त्यो पनि सबैलाई सहजै जुर्ने कुरै भएन । बजारमा किनेर खाने चलन उति थिएन । कतै टाढा जानु प¥यो, बास बस्नु पर्ने भयो भने चिनेजानेका घरमा पाहुना लाग्ने र त्यस्तो सम्भव नभए नचिनेका मानिसकै घरमा बास माग्ने, आपैmँ पकाएर खाने वा जे दिन्छन् खाने चलन थियो । अहिले यो कुरा उहिलेको चलन भयो । त्यो समयमा खानाका लागि सीमित कुराहरु मात्रै उपलव्ध थियो । तर, शुद्ध थियो । प्राकृतिक थियो ।

हामीलाई अहिले लागेको छ, त्यो समयको तुलनामा हामीले धेरै विकास गर्यौँ । हो, विकास गरेका छौँ तर हामी प्रकृतिको अनुपम उपहारलाई स्वादका लागि, नाफाका लागि, देखाउनका लागि, छिटोको लागि, सजिलोको लागि, धेरै फलाउनका लागि निकै बिगारी सकेका छौँ । यसले हाम्रो स्वास्थमा गम्भीर असर देखाइरहेको छ ।

आजकाल शहरको बसाइँ बढेको छ । शहरमा मात्रै होइन गाउँतिर पनि भान्सामा पाक्ने धेरै परिकार बजार भएर आउँछ । म आपैmँ कुनै समय स्वास्थ्यको बारेमा कुनै ख्याल गर्दिन थिएँ । उमेर बढ्दै गएपछि र स्वास्थ्यमा समस्या देखिन थालेपछि के खानु हुन्छ के खानु हँुदैनको ख्याल अलि बढी नै हुन थाल्यो । पहिला जे भएपनि अघाउँजी खान पाए पुग्थ्यो । अहिले अघाउँजी अर्थात पेटभरि खानु नहुने रहेछ भन्ने थाहा भएको छ ।

पहिला जे खाए पनि हुन्छ जस्तो लाग्थ्यो तर अहिले सन्तुलित आहार भयो कि भएन भनेर सोच्ने गर्छु । सन्तुलित आहार जस्तो कि मेरो दिनभरिको खानामा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिनको सन्तुलन भए नभएको विचार गर्छु । पहिला तिर्खा लाग्दा पानी पिउने गर्थेँ तर अहिले पानी त तिर्खा नलागे पनि बारम्बार पिउनु पर्ने रहेछ भन्ने थाहा पाएँ ।

अहिले आहार र स्वास्थ्यको बारेमा लेखिएका लेखहरु खोजेरै पढने गरेको छु । गाउँघरमा आहारको बारेमा मानिसमा भएको चेतनालाई मसिनो गरी नियाल्न मन लाग्छ । एक दिन ४ वर्षकी मेरी नातिनी आभाले स्कुलमा टिफिनमा लगेको जाउलो माम खानै मानिन छिन् । बुहारी बन्दनाले आएर आज नानीले जाउलो खान मानिन भनिन् । मैले सोधेँ किन ? उनले भनिन् उसका साथीहरुका लागि धेरैले लगभग सबैजसोले चाउचाउ ल्याएका हुने रहेछन् र आभाले पनि चाउचाउ नै चाहिन्छ भनेकी रहिछन् । हामी अलिकति चिन्तित भयौँ । एक दिन विहानै नातिनीले म पनि चिया र बिस्कुट खान्छु भनेर झगडा गरिन् । बजारको बसाइँ पसलमा जाने वित्तिकै उनलाई किण्डरज्वय मिठाइ वा यस्तै चाहिन्छ भनेर जिद्धी गर्न थालिन् । कुनै पनि बाबुआमा र हजुरबाबु हजुरआमा आफ्ना नानीहरु रोएको, झगडा गरेको हेर्न सक्दैनन् । त्यसैले उनको डिमाण्ड पूरा गर्दिन तयार हुने गर्छौँ । यस्तो डिमाण्ड पूरा गर्दै जाँदा नानीहरुको स्वास्थ्यमा गम्भीर असर पर्छ । हामीले अलिकति धैर्य ग¥यौँ । नानीलाई अति नै मायालु पाराले चाउचाउभन्दा जाउलो माम धेरै राम्रो भनेर सम्झायौँ । हामीले घरमा कहिले काँही खाने गरेको चाउचाउको खाजा बन्द ग¥यौँ । कहिलेकाहीँ नानीलाई चक्लेट किनेर दियौँ तर बाँडेर खान सिकायौँ । यसो गर्दा उनले थोरै चक्लेटमात्रै खान्थिन् । सँगसगै उनको बाँडेर खाने संस्कारको विकास हुँदैछ । फेरी चक्लेट किन्ने पालो आएको छैन भनेर सम्झायौँ । उनले मानिनन् ।

ठिक्क अर्थात हाम्रो बुझाइमा थोरै तर सन्तुलित आहारले स्वास्थ्य राम्रो हुने रहेछ भन्ने लागेको छ । थोरै खाए बल, धेरै खाए मल भनेको अर्थ अहिले बुभ्mदै छु । बढ्दो उमेरमा अलि बढी, वयस्कलाई ठिक्क र घट्दो उमेरमा थोरै खाना उपयुक्त हुने रहेछ भन्ने बोध भएको छ । जब हामी शरीरको लागि नभई जिब्रोको लागि आहार लिन्छौँ तब रोग लाग्नु स्वभाविक हुन्छ । मेरी मावलकी हजुरआमाले भनेको सुनेको थिएँ कस्तो खाइलाग्दो ज्यानको रहेछ । आमाले मलाई सधैँ जस्तो यो त दुब्लायो भनेर चिन्ता गरेको सुनेको छु । पहिला मोटो ज्यान र अलिकति उठेको पेट (भुँडी) सम्पन्नताको र सुखको प्रतिक मानिन्थ्यो । मेरी हजुरआमा र आमाको भनाइ र चिन्तामा त्यो झल्कन्थ्यो तर अहिले मोटो ज्यान रोगी ज्यान र उठेको पेट झन् रोगको घर भएको छ ।

पहिले पुगिसरी आउने र हुने खानेले मात्रै खाने गरेको धानको भात, मासु, चिनीको गुलियो, मैदाका परिकार, बजारे खाजा (फास्ट फुड), जुस, कोल्ड ड्रिंग्स आदि अहिले धेरैका पहुँचमा छ । जसको पहुँचमा छैन उसले पनि देखाउनकै लागि भएपनि यस्ता बस्तुको उपयोग बढाएका छन् । चामलको भात हाम्रो मुख्य खाना हो । त्यो चामल पनि अति राम्रो बनाउने क्रममा फाइवर लेस बनाएछौँ । गहुँको आँटामाभन्दा मैदामा फाइवर अति कम हुने वा नहुने कारणले यस्ता फाइवर लेस बस्तु पच्न गाह्रो हुने रहेछ । पचाउन सजिलो हुने फाइवर सहितको खाद्यबस्तुलाई स्वादिलो र हेर्नको लागि राम्रो बनाउने नाममा अहिलेको चामल पालिसवाला चामल बनेछ । आँटाको ठाउँमा मैदाले रजाइँ जमाएछ । फलको फाइवर (पचाउने बस्तु) फालेर झोलमात्रै खानाले एक त शरीरलाई चाहिनेभन्दा बढ्ता क्यालोरी प्राप्त भयो । यदि फलसँगै खाएको भए फाइवरसँग आउने फलको रस कम हुने र पचाउन फाइवरले मद्दत गर्ने थियो । तर, पचाउने बस्तु बाहिरै छाडियो र पच्न गाह्रो हुने हाइप्रोटिन, भिटामिन मात्रै भित्र गयो । अर्को फलको रसको नाममा फलको प्mलेवर भएको सेतो चिनीको घोल खानाले शरीर बिग्रनु स्वभाविक हुने भयो । तेल घिउमा तारेका, भुटेका मैदाका खाद्य परिकार, पोलेको मासु जिब्रालाई अति मनपर्ने बस्तु हुन् । तर, शरीरको पाचन प्रणालीमा यिनै बस्तुले समस्या ल्याउने रहेछन् । विषादीले टम्म भरिएका ताजा र हेर्दा सलक्क परेका फलपूmल, तरकारी, फाइवर लेस चामल र मैदाको परिकार, जताततै चिनीको अधिक प्रयोग र सेवन, बाहिरको धुलो, धुवाँ, म्याद गुज्रेका र मिसावटले भरिएका खाद्यको जताततै बोलवाला, पचाउन सहयोगी हुने शारीरिक श्रमको न्युनता आदि जस्ता कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिन थाल्यो । त्यसैले डाक्टरको भाउबढ्यो, अस्पतालका लागि लगानी बढाउनु परेको छ । धेरै डाक्टर चाहिएको छ, धेरै अस्पताल खोल्नु छ । धेरै औषधिको व्यापार चाहिएको छ । यसका लागि राज्यको र व्यक्तिको धेरै सम्पत्ति खर्च गर्नुपर्ने अवस्था छ । अर्कोतिर शरीर बिरामी भएपछि खर्च बढी र उत्पादकत्व कम हुन्छ नै । समाज त्यतैतिर जाँदैछ । हामी जानेर वा नजानेर, व्यापारीले नितान्त आप्mनो फाइदाका लागि सिर्जना गरेको विज्ञापनले देखाएको बाटोमा हिँडिरहेका छौँ । आप्mना उत्पादनको खपत बढाउन यस्ता कम्पनीले उपयोगकर्ताको सामाजिक मूल्य बढाउने गरेका छन् । जस्तैः तपार्इं हामी पाहुनालाई स्वागत गर्दा पाउनाको मनमा असल भाव परोस् भन्ने चाहन्छौँ नै । यसका लागि मोहीको प्याकेटले होइन कोकाकोलाको झोलले मात्रै यस्तो भावको सृजना गर्ने अवस्था छ । किन ?

विज्ञापनको सबैभन्दा बढी असर बालबालिकामा पर्ने गर्छ । घरको चलन, समाजको चलनलाई बालबालिकाले छिटो अनुशरण गर्छन् । हामीलाई त स्वास्थ्यको कुराभन्दा जिब्रोको कुरा सुन्ने बानी छ भने बालबालिकामा त्यो नहुने कुरै भएन । पहिला आपैmले अलिकति मेहनत गरेर के ठिक के बेठिक भनेर छुट्याउने र व्यवहारमा लागु गर्न सक्यौँ भने हामी नानीहरुलाई राम्ररी, मायालु पाराले, पटकपटक गरेर सम्झाउन सक्छौँ । यसले जीवनभरिको फाइदा हुन्छ । अलिकति मेहनत त गर्नुपर्छ । सजिलो नहुन सक्छ ।

आहारका लागि जे जुटाइन्छ र जुट्छ त्यो सन्तुलित मात्रै होइन शुद्ध, ताजा, विषादी मुक्त हुन जरुरी छ । तर, आज सबैलाई र सहजै राम्रो आहार सामाग्री पाउन सजिलो छैन । हामीमध्ये धेरै बजारिया सस्ता, आकर्षक र विज्ञापनको प्रभावमा परेर स्वास्थ्यका लागि अहितकर र महँगो मूल्य तिर्न पुगेका छौँ । कतिपय अवस्थामा खास प्रकारको खाद्य पदार्थको प्रयोग सामाजिक प्रतिष्ठासँग जोडिएको कारण हामी प्रतिष्ठा कायम गर्न स्वास्थ्य बिगार्न पछि पर्दैनौँ । जस्तैः कोकाकोला पिउँदा गर्विलो महसुस गर्नेले मोही पिउँदा त्यो गर्व गर्न सक्दैन । वास्तवमा स्वास्थ्यका लागि कोकाकोलाभन्दा मोही हर हिसावले उपयुक्त हो ।

बजारमा उपलब्ध खाद्य पदार्थको बारेमा सही जानकारीको अभावमा अस्वस्थ खाद्य पैसा तिरेर खाइरहका छौँ । यस्ता खाद्य पदार्थका बारेमा केही भ्रम, केही विश्वास, केही प्रचलन र परम्परालाई हामीले निरन्तरता दिएका छौँ । जस्तैः विज्ञापनको विश्वासमा हर्लिक्सलाई अपनाउँछौँ । शुद्ध दुधको भ्रममा प्रशोधित दुधको बदलामा खुल्ला दुधलाई अपनाउने जमात अहिले पनि ठुलो छ । प्रशोधित पानीमा बानी परिसकेको समाज प्रशोधित दुधमा विश्वास गर्न अभैm सकिरहेको छैन ।

खाद्यका परिकारको शुद्धतामा हामी निकै पछि छौँ । मासु फ्रोजन गरेर मात्रै खानु उपयुक्त हुन्छ भन्ने बुझेकै छैनौँ । हामी त बिरामी पश्ुलाई हत्तपत्त बध गरेर मासु भाग लगाएर खाने युगबाट पुरै माथि उठिसकेका छैनौँ । बजारमा पाइने खाद्य पदार्थ ढुक्कले किनेर खान सक्ने अवस्था छैन । अनुगमन, नियमन, परीक्षण गरेर स्वस्थकर खानामात्रै बेच्न पाइने नियम बसाउने र कडाइका साथ पालना गराउने जिम्मा सरकारको हो । तर, सरकार (तीनै तहको) मा बस्नेको चेतना जुन स्तरको छ यसको कार्यान्वयन त्यही तहको हुन्छ । बजारमा बेचिने र किनिने धेरै अस्वस्थकर खाद्यबस्तुको प्रयोगले हाम्रो स्वास्थ्य कस्तो छ भनेर अनुमान गर्न सक्छौँ ।

सरकार, आम मानिसको स्वास्थ्यको लागि जुन स्तरको लगानी अस्पताल, औषधि, उपकरण र जनशक्तिमा भइरहेको छ, त्यसको सानो हिस्सा हाम्रो आहार र हाम्रो स्वास्थ्यका बारेमा जनचेतना बढाउन, अस्वस्थकर खानपानको सट्टा स्वस्थ खानपानको बारेमा जानकारीमुलक कार्यक्रम उत्पादन र प्रचार गर्न, अस्वस्थकर खाद्य परिकारको खुला बेचबिखनमा नियन्त्रण गर्न, स्वस्थकर खानपान र जीवनशैलीका बारेमा जानकारी दिने कार्यक्रम मात्रै गर्दा पनि धेरै फाइदा हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: