खाना खुवाउँन जुट्दै काँकरभिट्टाका युवा (फोटो फिचर)

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार १०:३३


मेचीनगर । काँकरभिट्टामा अलपत्र परेका जोकोहि व्यक्तिलाई निःशुल्क खाना खुवाउँन यहाँका युवाहरु जुट्न थालेका छन् ।

शुत्रबार काँकरभिट्टामा युवाहरुको एक भेलाले ‘काँकरभिट्टा सोसाईटी’ नामकरण गरेर अलपत्र परेका व्यक्तिहरुलाई खाना खुवाउँन जुट्न थालेका हुन् ।

यस्तो विपद्को बेलामा नेपाल–भारतका विभिन्न जिल्लाबाट आएर अलपत्र परेकाहरुलाई निःशुल्क खाना खुवाउँन पर्छ भन्ने उद्देश्यले युवाहरु जुट्न थालेको ‘काँकरभिट्टा सोसाईटी’ का एक सदस्य राजु कार्कीले बताए ।

‘काँकरभिट्टा सोसाईटी’ले शुक्रबारदेखि निःशुल्क खाना खुवाउँन शुरु गरेको छ ।

सोसाईटीले अहिलेसम्म ६०० जनालाई खाना खुवाईसकेको सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

काँकरभिट्टा बसपार्क तथा मेची पुलको दशगजा क्षेत्रमा दिनैपिछे सयौँको संख्यामा मानिसहरु अलपत्र परेर बसिरहेका हुन्छन् ।

उनीहरुको मानविय सेवाका लागि कोरोना भाइरसको जोखिमलाई समेत मध्यनजर गर्दै सुरक्षित भएर यो अभियानमा लागिएको दिपक पोखरेलले बताए ।

उक्त अभियानलाई मेचीनगरका राजनीतिक दल, नगरपालिका लगायत सबैको साथ र सहयोग रहेको छ ।

अभियानमा काँकरभिट्टाका राजु कार्की, गोपाल तामाङ, दिपक पाखरेल, डिल्लीराम घिमिरे, बालाजित राई, विजय डालमिया, सुरेशकुमार श्रेष्ठ, शुशिल आचार्य, राजकुमार पराजुली, राम तामाङ, विशाल तामाङ, ध्रुब गिरी, प्रितम काफ्ले, विक्की मजुमदार, नवराज थापा, मनोज थापा, सञ्जय तामाङ लगायतका समाजसेवी युवाहरु खाना खुवाउँन जुटेका छन् ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: