खानेपानीमा दलीय प्रतिष्पर्धा

  प्रकाशित मिति
२१ बैशाख २०७३, मंगलवार ००:१५


khanepani

धुलाबारी । मेची उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि सहमतिमा नेतृत्व चयन गरेका मेचीनगरका राजनीतिक दल अन्ततः यस पटक चुकेका छन् ।
हरेक वर्ष हुने नेतृत्व चयनका लागि निर्वाचन नै गर्नु पर्ने अवस्थालाई उल्टाएर सहमतिमा नेतृत्व चयन गरेका मेचीनगरका राजनीतिक दलले धुलाबारी खानेपानीको निर्वाचनमा भने मेरो गोरुको बारै टक्का भनेका कारण सहमति गर्न सकेनन् । सबै सङ्घ संस्थामा सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी सहमति जान्छौ भन्ने उनीहरूको सिद्धान्त बिफल बनेको छ ।

निर्वाचन कार्यव्रmम अनुसार सोमवार साँझसम्म उम्मेदवारी दर्ता फिर्ता लिने समय थियो । यसै अनुसार नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी, राप्रपा, संघीय समाजवादी तथा मालेलगायतका दलहरू सहमतिका लागि बारम्बार बैठक र छलफल भए पनि भागबन्डा नमिल्दा अन्तिम विकल्प निर्वाचन नै हुने भएको हो । सबै दलहरुले उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म सहमति गर्न खोजे पनि कोही सहमतिमा आउन नसकेपछि चुनाव हुने निश्चित भएको हो ।

जसका लागि काङ्ग्रेस एमाओवादी र राप्रपा नेपाल बिचको गठबन्धनको तर्फबाट वर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको नेतृत्वमा दलीय गठबन्धनले चुनावी मैदानमा उत्रिएको छ ।

नेपाली काङ्ग्रेस मेचीनगरका सभापति समेत रहेका बुढाथोकीको नेतृत्वमा उपाध्यक्षमा एमाओवादीका दलबहादुर कटेल, सचिवमा काङग्रेसका अजय घिमिरे, सदस्यहरुमा काङ्ग्रेसका पदम कटुवाल, प्रकाश श्रेष्ठ, अतियाराम अग्रवाल, एकिकृत माओवादीका लक्ष्मी श्रेष्ठ, राप्रपा नेपालका राजु पोद्धार र नरेश खड्का रहेका छन् । यो गठबन्धनको टिम घर घरमा भोट माग्न व्यस्त बनेको छ ।

यसैगरी नेकपा एमाले, माले र संघीय समाजवादी गठबन्धनबाट अध्यक्षमा एमालेका विश्वेश्वरप्रसाद भटराई चुनवी मैदानमा छन् । उनको नेतृत्वमा रहेको टिमको उपाध्यक्षमा अशोक खडौलिया, सचिवमा प्रकाश खड्का, सदस्यहरुमा कञ्चन तामाङ, अशोककुमार कामत, मणि खतिवडा, भरोसादास पौडेल, कमल श्रेष्ठ र ज्ञानेन्द्र खरेल रहेका छन् ।

त्यसैगरी महिला नेतृत्वमा काङ्ग्रेस नेतृत्वको प्यानलबाट अम्बिका भण्डारी र मिना इजम लिम्बु र एमाले नेतृत्वको प्यनलबाट शान्ता श्रेष्ठ, दुर्गा कार्कीको चुनावी मैदानमा छन् । यसैगरी स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रदिप अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनी नेपाली काङ्ग्रेसको गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

अर्काे पटक उम्मेदवारी नदिने भन्दै आएका वर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले उपभोक्ताको चाहनाले गर्दा उम्मेदवारी दिनु परेको बताए । उनले आफुले कर्मचारीबाट सचिव हुँदै अध्यक्षसम्म आइपुग्दा हरेक समय गरेका कामको मुल्याङकनका आधारमा उपभोक्ताले फेरी आफुलाई नै अनुरोध गरकाले अघि सरेको बताए ।
यता वीपी भट्टराईले खानेपानी संस्था कुनै राजनीतिक दलको एक्लौटी होइन साझा संस्था बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘हामीले बारम्बार सहमतिको नेतृत्व चयन गरांै भनेका हौँ’ भट्टराईले भने –‘हामीलाई सचिवसहित केही सदस्य दिनुहोस् भनेका हौँ तर, त्यो पनि हुन नसके पछि हाम्रो टिम बनेको हो । हामीले अन्तिम समयसम्म सहमतिमा जान खोजेका हौँ, त्यो पुरा हुन सकेन ।’

स्थापना समयदेखि एक्लौटी रुपमा काङ्ग्रेसले नेतृत्व गर्दै आएको यो संस्थालाई सबै दलको सहभागिता हुनु पर्छ भन्दै अन्य दलहरू समेत चुनावी मैदानमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: