खानेपानीमा सबैको पहुँच पुर्याउँदै कमल गाउँपालिका

  प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार १८:४६


झापा, २८ पुस । कमल गाउँपालिकाले खानेपानीको पहुँच सबै जनतामा पुर्याउने उद्देश्यले रु. दुई करोड बढीको खानेपानीको पाइप खरिद गरेर विस्तार गरेको छ ।

सात वटा वडा रहेको पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गौरवको योजना अन्तरगत नै खानेपानीको विस्तारलाई लिएर अघि बढेको हो । पालिकाका अधिकांश बासिन्दाले यस अघि कल तथा इनारको पानी प्रयोग गर्दै आएका थिए ।

पालिकाकी अध्यक्ष मेनुका काफ्लेले खानेपानीको पहुँच नै नपुगेका वडा नम्बर १ र ७ सहित पालिका भरि नै खानेपानीको विस्तार गर्ने योजनाका साथ काम भइरहेको बताइन् । “स्वस्थ पानी पिउने हरेक जनताको नसैर्गिक अधिकार हो” उनले भनिन्, “उहाँहरुको अधिकारलाई सुनिश्चित गर्ने कर्तव्य अनुसार तीब्र रुपमा पाइप लाइन विस्तार र ट्याङ्की निर्माणको काम धमाधम भइरहेको छ ।”

उनले इनार र कलको पानीमा आइरन बढी भएको कारण विगतमा झाडा, वान्तासहित विभिन्न रोग लाग्ने समस्याबाट जनतालाई जोगाउन शुद्ध खानेपानीको व्यवस्था गरिएको बताइन् । पिउने पानी पुगेका स्थानका बासिन्दा पानीबाट लाग्ने रोगबाट मुक्त भएको बताउँदै भनिन्, “मान्छेको स्वस्थ्य नै महत्वपूर्ण हो । स्वस्थ रहनका लागि स्वच्छ पिउने पानी चाहिन्छ । हामी पालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ र गुणस्तरीय पिउने पानी पुर्याउँछौं ।’

हाल लखनपुरमा साढे चार लाख लिटर क्षमताको ट्याङ्की भए पनि थप एक लाख लिटरको निर्माण गर्ने काम भइरहेको छ । वडा नम्बर २ मा यस अघि एक लाख लिटरको ट्याक्की थियो । थप साढे चार लाख लिटरको ट्याङ्की निर्माणका लागि रु. नौ करोडमा ठेक्का लागिसकेको उनको भनाई छ ।

उनले डिप बारिङ प्रविधिबाट खानेपानी निकालेर एक देखि डेढ बर्षभित्रमा सबै पालिकाबासीको खानेपानीमा पुहुँच पुर्याउने जानकारी दिइन् ।

स्थानीय पत्रकार उमानाथ भण्डारीले घरघरमा पानी पुगेसँगै जनता उत्साही भएको बताए । उनले भनिन् “बर्षौदेखि आइरन र आर्सेनिकयुक्त पानी खाइरहेका थियौं, बल्ल स्वस्थ पिउने पानी पायौं ।” उनले अझै पनि वडा नम्बर १ का बासिन्दासम्म पानी नपुगिसकेको बताए । अन्य वडावासीले अधिकांश सफा र गुणस्तरीय पानी पाए पनि वडा नम्बर १ मा पाइप लाइन विस्तार हुने काम मात्र भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: