मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लकडाउनको मारमा परेका आफ्ना उपभोक्ताहरुलाई राहत स्वरुप ७ युनिटको मासिक महशुल छुट दिने भएको छ ।
संस्थाको कार्यसमितिको बुधवार बसेको बैठकले वैशाख र जेठ महिनाको महशुलमा ७ युनिटका दरले छुट दिने निर्णय गरेको अध्यक्ष हर्क फ्याकले बताए । संस्थाका १२ सय उपभोक्ताले ७ युनिटभन्दा कम खानेपानी खपत गर्दै आएका छन् ।
एक जना उपभोक्ताले ७ युनिट भनेको १ सय १९ रुपैयाँ छुट पाउँछन् । तर संस्थामा ६ हजार उपभोक्ता भएको हुँदा हरेक महिना ७ लाख १४ हजार रुपैयाँ छुट हुनेछ ।
चैत ११ मा लकडाउन भए यता लकडाउन नसकिएसम्मको अवधिको खानेपानी महशुलको जरिवाना समेत संस्थाले मिनाहा गरिदिने निर्णय गरेको कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए ।