खानेपानीलाई अब चाडै प्राधिकरणमा लैजान्छौँ : मेयर आचार्य

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार १३:४९


मेचीनगर, ३० पुस । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले खानेपानीलाई अब चाडै प्राधिकरणमा लैजाने बताएका छन् ।
आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २६औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका मेयर आचार्यले यस्तो कुरा बताएका हुन् ।

उनले नगरका तीनवटै खानेपानी आयोजनालाई एकिकृत गरी चाडै नै प्राधिकरणमा जाने बताए ।

काँकरभिट्टा, चारआली र धुलाबारी खानेपानी कार्यालयलाई ३६ करोड वजेट विनियोजन भईसकेकोले एकिकृत गरी सहलगानीमा अब छिट्टै नगरमा उपभोक्ताको समस्या समाधान गरिने मेयर आचार्यले बताए ।

‘नगरमा ९० प्रतिशत पानीको समस्या छ’, मेयर आचार्यले भने–‘खानेपानी प्राधिकरण बनिएपछि यी समस्या हटेर जानेछ । जलवायु परिवर्तनको समस्या छ । त्यसैले पानी बचाउन संरक्षणतिर नलागे भविश्यमा पानीको समस्या आउने छ ।’

‘जनतालाई बोझ धेरै बोकाएर सेवा शुल्कमा वृद्वि गर्नु हुँदैन’, उनले भने–‘राज्यले खानेपानी जनतालाई निःशुल्क दिनुपर्छ । तर त्यो सम्भव नभएकोले न्युनतम दरमा उपभोक्तालाई पानी वितरण गर्न संस्थाले ध्यान दिनु आवश्यक छ ।’

कार्यक्रममा प्रमुख अतिथी आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, संघिय ढल व्यवस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चोकप्रसाद धिताल, नेकपा एमालेका जिल्ला सदस्य डिल्लीराम घिमिरे, नेपाली कांग्रेसका मेचीनगर सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, राष्ट्रिय जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाई, एकिकृत समाजवादी पार्टी (एस) का मेचीनगर सचिव हरि तिमिल्सना, सम्मानित व्यक्तित्व संस्थाका पूर्व अध्यक्ष गोपाल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गोपाल तामाङ, सामाजिक व्यक्तित्व डिल्लीराम घिमिरे, उत्कृष्ट कर्मचारी सुरज ढुंगाना, जग्गा दाताहरु मेचीनगर–४ का टेकबहादुर कार्की, अम्बिका कार्की र मेचीनगर–६ का अनिल संग्रौलालाई सम्मान गरिएको थियो भने अवकास प्राप्त कर्मचारी जीवन काफ्लेलाई विदाई गरिएको थियो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष गोविन्द गिरी र सञ्चालन सचिव दिलिपजंग सुब्बाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: