खानेपानी समिति टालटुले तरिकाले चलेको आरोप

  प्रकाशित मिति
२९ भाद्र २०७३, बुधबार १०:२५


yk
खुदुनाबारी । खुदुनाबारीस्थित बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले अन्तरव्रिmया कार्यव्रmम सम्पन्न गरेको छ ।
समितिको व्रिmयाकलाप र आगामी कार्यपत्र विषयक छलफल कार्यव्रmममा बोल्ने अधिकांश वक्ताहरुले बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्यको ल्याएको कार्यपत्र माथि अपुरो रहेको टिप्पणी गरेका छन् ।

जनता उच्च माध्यामिक विद्यालयका पूर्व शिक्षक लक्ष्मी प्रसाद भट्टराईले कार्यपत्रमा खानेपानीको पहँुच नपुगेर उपभोक्ताले इनार, कलबाट निर्भर हुनु परेको बताउँदै उपभोक्ता छनोट गरी प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

बेलटार खानेपानी तथा सरसफाई समितिका पूर्व सचिव इश्वर खवासले ०६९ साल फागुनदेखि धारामा पानी नआएर बाध्य भएर इनार खनेको बताउँदै अहिले पानी उपभोग नगर्दा समेत समितिले ३५ सयको बक्यौता आफूलाई काट्नु दुःख लागेको बताए । आफूले विधान खोज्दा समेत पाउन नसकेको जनाउँदै महसुल नतिर्ने उपभोक्तालाई साधारणसभामा भोट अधिकार बञ्चित गराएर होइन उनीहरुको गुनासो समितिले सुनुपर्ने खवासको भनाइ छ ।

खानेपानी समिति टालटुले तरिकाले चलेको आरोप लगाउँदै सरस्वती प्रा.वि.का प्रधानाध्यापाक समेत रहेका खवासले असार, साउनमा अत्यन्तै धमिलो पानी खानुपर्ने बाध्यताले हैजा, झाडापखाला लगायतका अन्य रोगको सिकार हुनुपरेको भन्दै खानेपानी डिभिजन कार्यालय झापाका इन्जिनियर असोक शाहसँग शुद्ध पानीको विकल्प के होला भन्ने प्रश्न गरे ?

जवाफमा इन्जिनियर शाहले पानी शुद्धिकरणको लागि थप प्रयास भइरहेको बताउँददै बेलटार खानेपानीको पुरानो संरचनाको मर्मत र नयाँ संरचनाको विस्तार तत्कालै हुन लागेको बताए ।

कौदले खानेपानीको राम्रो सञ्चालन भएको जनाउँदै शाहले बेलटार मर्मत सुधारका लागि १५ लाख रकम आएको बताए । नेकपा एमालेका खुदुनाबारी अध्यक्ष बम बहादुर कार्कीले कार्यपत्रको बचाउ गदै उपभोक्ता समिति बनाउँदै भएका योजनाको अनुगमन संरक्षण सम्र्बदन र प्रवर्धनमा जोड दिए ।

सो खानेपानीका कार्यसमिति सदस्य समेत रहेका राजेन्द्र चापागाईले अध्यक्ष आचार्यको कमजोरीको कारण जिम्मेवारी वाँडफाँडमा काम नभएको आरोप लगाए ।

कौदले खानेपानी योजनाका अध्यक्ष ढुण्डीराज गौतमले अध्यक्षको कार्यपत्र स्पष्ट नरहेको बताउँदै कौदले खानेपानी बेलटार खानेपानीलाई २ लाख ५० हजारमा नबेचेको उल्लेख गरे ।

संरचना अभाव भएको कारण बेलटार खानेपानी समितिलाई दिएको गौतमले दाबी छ । संस्थापक सदस्य लक्ष्मी इङनामले धारामा पानी नझर्दा महसुल शुल्क उठाउनु न्यायोचित नभएको बताउँदै धारामा पानी झर्दा नतिर्ने उपभोक्तालाई जरिमानासहित असुल गर्नुपर्ने धारणा व्यक्त गरे ।

बेलटार खानेपानी तथा सरसफाइ समितिका पूर्व कार्यालय सचिव दिव्य कट्टेलले अध्यक्ष आचार्यको कार्यपत्रमा सम्रग जानकारी गराएको भए पनि ऐतिहासिक पृष्ठभूमि सहित श्रृखलाबद्ध रुपमा नआएको बताए ।

नेपाली काग्रेस खुदुनाबारी सभापति बाबुराम बुढाथोकीले खानेपानीको भवन बनाउनु को सट्टा मर्मत सम्भारसहित पाइप विस्तार गरेको भए राम्रो हुने धारणा राखे ।

खानेपानीको भवन बनाउँदा पनि राजनीतिक दलको अन्तरव्रिmयापछि बनाएको भए अति सुन्दर हुने भनाई छ । नेकपा माओवादीका सहइन्चार्ज तुलसी खतिवडाले पहिलाको अवस्था भन्दा आज चुनौती र अवसर सँगसँगै आएको बताए । स्थानीय अग्रज पुण्य ओझाले आफू पनि ५÷७ वर्ष समितिमा रहेर काम गरेको स्मरण गदै भिरपाखाबाट पानी ल्याउन धेरै कठिनाइ बाबजुत पानी ल्याउनु उपलब्धीको रुपमा लिनुपर्ने बताए ।

भानु नि.मा.वि.का शिक्षक यज्ञ सिटौलाले खानेपानीलाई अध्यक्ष आचार्यको कार्यपत्र बचाउ गदै संस्थालाई स्थापित गरेर लैजाने सुझाव कार्य समितिलाई दिए । राप्रपा नेपालका खुदुनाबारीका अध्यक्ष इन्द्र बहादुर बुढाथोकीले आचार्यको कार्य प्रगतिको प्रसंशा गदै राजनीतिक दलको सहमतिको आधारमा वर्तमान कार्य समितिले राम्रो काम गरेकाले आगामी कार्यकाल सुम्पिन सकिने बताए ।

नयाँ शक्तिका नेपालका नेता रोम घिमिरेले महसुल नतिर्ने, पाइपलाइन काट्ने जटिल समस्या बारम्बार आउने गरेकाले तत्काल उपसमिति बनाएर अघि बढनु पर्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि रत्न खुजुङले खाएको मात्र विष लाग्ने भएकाले पानी खाने उपभोक्तालाई मात्र महसुल उठाउन जोड दिनुपर्ने कार्यसमितिलाई सुझाव दिए ।

स्थानीय उपभोक्ता टिका पाठकले वर्तमान अध्यक्ष आचार्यको काम धेरै सन्तोषजनक मात्र नभई धेरै चुनौतीसँग जुधेर खानेपानी सञ्चालन गर्ने सफल अध्यक्ष मान्नुपर्ने बताइन ।

खुदुनाबारी गाविस सचिव तुलसी प्रसाद भण्डारीले खानेपानीको विधानमा स्थानीय निकाय पदेन सदस्यको व्यवस्था भए थप सहयोग पुग्ने बताए ।

अन्त्यमा उठेका प्रश्नहरुको जवाफ दिदै आचार्यले सधैंभरि आफू संस्थामा बसिरहने र कुर्सी टिकाउने सोच नभएको बताए । अध्यक्ष आचार्यले आगामी कार्यसमितिमा राजनीतिक दलको सहमतिमा काम गर्ने सक्ने सफल नेतृत्वको नामबाली दिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै आव्रmोश शैलीमा आचार्यले काम गर्दा केही कमी कमजोरी हुन सक्ला तर संस्था अत्यन्तै पारदर्शी ढङ्गले संञ्चालन गरेको दाबी गरे ।

७ लाख १६ हजार संस्थाको नाममा बैंकमाा रहेकाले गौरवको रुपमा लिनुपर्ने बताउदै आचार्यले केही रकम कौदले खानेपानी योजनाले चलाएको बताए ।

खानेपानी उपभोक्ता तथा सरसफाइ महासङ्घ झापाका अध्यक्ष समेत रहेका आचार्यले खुदुनाबारी जस्तो अन्य क्षेत्रमा योजना नपरेको बताए । एक फरक प्रसङमा आचार्यले आफूले खानेपानी संस्थाबाट भत्ता समेत नलिइएकोले अनाआवश्यक आफ्नो आलोचना गर्नुको तुक नरहेको जिकिर गरे ।

कार्यव्रmम बेलटार खानेपानी तथा सरसफाई समितिका सचिव खगेन्द्र ढुङगेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: