खुकुरी प्रहारबाट आचार्यको मृत्यु

  प्रकाशित मिति
९ श्रावण २०७७, शुक्रबार १८:१२


मेचीनगर । मेचीनगर–२ का एक व्यक्तिलाई अज्ञात समुहले खुकुरी प्रहार गर्दा मृत्यु भएको छ ।

मेचीनगर–२ स्थित भृकुटिका करिव ५० वर्षका नारायण आचार्यलाई अज्ञात समुहले खुकुरी प्रहार गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाका अनुसार खुकुरी प्रहारबाट घाइते भएका आचार्यको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेकोले चाडै पक्राउ गरिने डिएसपी थापाले जानकारी दिए ।

आर्चायमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: