खुट्टीडाँगी वनको साधारण सभा (फोटो फिचर)

  प्रकाशित मिति
२५ पुष २०७८, आईतवार २१:४६


धुलाबारी, २५ पुस । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–९ को २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

चार वर्षे कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।

वन समूहका अध्यक्ष टंकबहादुर नेपालले सभापतित्व तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले वन विकाससँगै वैकल्पिक आम्दानीको बाटो खोज्नुपर्ने बताए ।

उनले सिमसारलाई सुन्दर चिल्ड्रेन पार्कको रुपमा विकास गर्न आफ्नो सदैव सहयोग रहने र योजना बनाए र अघि बढ्न समितिलाई आग्रह गरे । कार्यक्रममा अध्यक्ष नेपालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सिमसार क्षेत्रको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण उपलब्धि हासिल गरिएको उल्लेख छ ।

वन समूह परिसरमा रहेको सिमसार क्षेत्रमा आकर्षक बाल उद्यान रहेको छ । त्यस्तै, पर्यटन प्रवेश गेट आकर्षक फुलबारी, वनको वरिपरि रिङरोड बनाउने लगायतका पूर्वाधारहरु सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा सिमसार क्षेत्रको पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा तिलबिक्रम र यसोदा प्रसाईं, सोमनाथ ओझा, गणेशबहादुर कार्की, खोमनाथ खनाल र दलबहादुर विश्वकर्मा छन् । दाताहरुले सिमसार परिसरमा पिङ, गेटलगायतका पूर्वाधार बनाइदिएका हुन् ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य संगीता थापा, मेचीनगर वडा नं. ९ का वडा अध्यक्ष गोपाल खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए । वन समूह सचिव इन्दिरा नेपालले स्वागत गरेको कार्यक्रम सञ्चालन कार्यालय सचिव राजु धिमालले गरेका थिए ।

यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ । साधारणसभाले निर्वाचन सम्पन्न गर्न शिव रेग्मीको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ । समितिले निर्वाचन प्रकिया अगाडि बढाउनेछ । उक्त वनमा ३२० जना उपभोक्ता छन् ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: