खुदुनाबारी । खुदुनाबारी गाउ विकास समितिले आर्थिक वर्ष ०७२÷०७३ को वार्षिक प्रगति समीक्षा तथा आम्दानी, खर्च सावर्जनिक गरेको छ ।
खुदुनाबारी गाविसको सभाहलमा आयोजित कार्यव्रmममा राजनीतिक दल, पूर्व जनप्रतिनिधि, वडा नागरिक मञ्च, सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा वार्षिक प्रगति समीक्षा प्रतिवेदन तथा आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको हो ।
आयतर्फ २ करोड ४१ लाख ७५ हजार १ सय ८७ रुपैयाँ ७२ पैसा र खर्चतर्फ २ करोड ४१ लाख ३४ हजार ४ सय ५५ रुपैयाँ रहेको गाविस सचिव तुलसीप्रसाद भण्डारीले सार्वजनिक गरे ।
कार्यव्रmममा उल्लेखित आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यव्रmमको विषयमा सहभागीबाट नेपाली काङ्ग्रेसका खुदुनाबारी सभापति बाबुराम बुडाथोकी, काङ्ग्रेस प्रतिनिधि जीवनकुमार भण्डारी, नेकपा माओवादी व्रmान्तिकारीका नरेश खनाल, वडा नागरिक मञ्च खुदुनाबारी–५ का संयोजक चेतनाथ सापकोटा, पूर्व गाविस उपाध्यक्षद्वय नरबहादुर कन्दङ्वा, रघुनाथ खनाल, अभियान नेपालका अध्यक्ष प्रसाद गुरागाईं, सुखानी सामुदायिक वनका सचिव लक्ष्मी चापागार्इं, जेष्ठ नागरिक समाजका अध्यक्ष लक्ष्मी इङ्नाम लगायतले सुझाव तथा सल्लाह दिएका थिए ।
सबै क्षेत्रबाट उठेका प्रश्नको जवाफ दिँदै सचिव भण्डारीले गाविस क्षेत्र भित्रका सामुदायिक वनहरुसँग साझेदारी गरेर जानसके खुदुनाबारीको विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने बताएका थिए । कार्यव्रmममा स्वागत गाविसका सहलेखापाल चुडामणि खनालले गरेका थिए भने सञ्चालन खरिदार खगेन्द्र लिङ्देनले गरेका थिए ।