खुल्ला दिसामुक्त अभियान सुस्त

  प्रकाशित मिति
२९ चैत्र २०७२, सोमबार ०९:४६


toilet

विर्तामोड । सन् २०१६ सम्ममा झापालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कुरा नारामा मात्र सीमित भएको छ ।

‘स्वास्थ्य र सरसफाईको लागि घरघरमा चर्पी झापाको सान, सन २०१६ सम्म खुल्ला दिशा मुक्त जिल्ला बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ विगत ३ बर्षदेखि जिल्लामा अभियान चलाइए पनि ३ वटा गाविस मात्र खुल्ला दिसामुक्त क्षेत्र घोषण भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका सहजकर्ता रुद्र न्यौपानेले बताए ।

विर्तामोडस्थित होटल रेडमगमा आइतबार जिल्ला खानेपानी  सरसफाई तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पत्रकारसँगकोे अन्तरव्रिmया कार्यव्रmममा दुहागढी, खुदुनाबारी र धाइजन गाविसमात्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको न्यौपानेले बताए । उनले बुधबारे र जलथल गाविस समेत बैशाख महिनाभित्र घोषणा गरिने जानकारी दिए ।

२०७२ असार मसान्तसम्मको तथ्याङ्क अनुसार १ लाख ८५ हजार ३ सय ५८ घरधुरी रहेको जिल्लामा १ लाख २० हजार १ सय ८५ घरमा शौचालय भएको र ६५ हजार १ सय ८३ घर शौचालय बनाउन बाँकी रहेको देखिएको छ ।

सहजकर्ता न्यौपानेले यो अभियानमा सहभागी भई दिनका लागि सहकारी, विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था र पत्रकारहरुलाई समेत आग्रह गरेका थिए ।

उनले कार्यालयले एक बर्षअघिसम्ममा नगरपालिका र गाविसमार्फत विपन्न वर्गलाई शौचालय निर्माणका लागि अनुदान दिने गरेको थियो । तर, कार्यालयले अनुगमन गर्दा लक्षित बर्गले अनुदान रकम नपाएको र पहुँचवालाहरुले नै प्रयोग गरेको हुँदा सो बजेट कटौती गरेको जानकारी दिए ।

अव्यवस्थित बसोवास, चेतनाको कमी र गरीबीको कारण समेत यो अभियान सञ्चालनमा समस्या भएको उनको कथन थियो । न्यौपानेले ३० देखि ३५ प्रतिशतले चेतनाको कमीका कारण शौचालय नबनाए पनि ६५ प्रतिशतले जानीजानी पनि बुझ पचाएर नबनाएको  बताए ।
६ वटा नगरपालिका र ४१ वटा गाविस रहेको जिल्लामा हालसम्ममा ७० प्रतिशत मात्र सरसफाईको मापदण्ड पुगेको शौचालय भएका घरधुरीहरु रहेको न्यौपानेको भनाई छ ।

हालसम्म ३७ वटा जिल्लामात्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । त्यसमध्ये पूर्वाञ्चलका पाँचथर, धनकुट्टा, उदयपुरलगायत जिल्ला छन् ।

पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरीको अध्यक्षतामा सम्पन्न अन्तरव्रिmया कार्यव्रmममा पत्रकार माधव विद्रोहीले सञ्चारकर्मीलाई अभियान सफल पार्न खुलेर कलम चलाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: