खेतको टहरामा पत्नीको हत्या गरेर फरार

  प्रकाशित मिति
३१ असार २०७८, बिहीबार २०:२०


गौरादह, ३१ असार । गौरादह वडा नं. १ मा ३९ वर्षीय उत्तिम ऋषिदेवले घरदेखि टाढा खेतको टहरमा लगी पत्नी संगीता टुडुको विभत्स हत्या गरेका छन् ।

आज विहान साढे ८ बजेतिर स्थानीयबासीले टहरामा ४० वर्षीय टुडुको शब फेला पारेर प्रहरीलाई खबर गरेका थिए । हत्या बुधवार राति गरेको हुनसक्ने अनुमान छ ।

मोरङको रंगेली नगरपालिका वडा नं. ९ बेलगाछी घर भएका ऋषिदेव घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताएका छन् ।

मृतकको शरीरमा कुटपिटको नीलडामा देखिएको छ । फरार ऋषिदेवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: