खेलाडीलाई दसैँ खर्च

  प्रकाशित मिति
१९ आश्विन २०७३, बुधबार ०९:२२


 

विर्तामोड । ‘रमपम झापा गोल्ड कप’ आयोजक समितिले खेलाडीलाई सम्मानसहित दसैँ खर्च प्रदान गरेको छ ।

आदर्श व्याङ्केटमा मङ्गलवार आयोजित कार्यक्रममा प्रत्येक खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ भने सयपत्री माला लगाएर सम्मान गरिएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा प्रमुख अतिथि र गोल्ड कप आयोजक समितिका संयोजक होम पाण्डे सभापति रहेको कार्यक्रममा झापा जिल्ला फुटवल सङ्घका अध्यक्ष जेके गुरुङ, क्याप्टेन प्रवेश कटुवाल, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्की, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव गणेश पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: