खेलुकदमा झापाली भूमि उर्वर

  प्रकाशित मिति
१५ जेष्ठ २०७३, शनिबार १५:३९


stage

मेचीनगर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलकुद क्षेत्रको विकासमा झापाले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

आठौँ पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शनिवार काँकरभिट्टामा उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने, ‘खेलकुदको इतिहासमा झापाको योगदान विशिष्ट छ ।’

उनले खेलकुदका दृष्टिले झापाली भूमि अत्यन्तै उर्वर रहेको चर्चा गर्दै विभिन्न विधाका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा पनि पूर्वी नेपाल अब्बल भएको दाबी गरे । दुई दिवसीय क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्न झापा आएका उनले आउँदो दुई वर्षपछि १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालमा आयोजना हुने टुङ्गो भएको बताए ।

सरकारको जारी बजेट भाषणमा खेलाडीलाई पेन्सन र जीवन बिमाको पनि व्यवस्था गरेको उल्लेख गर्दै उनले यही बजेटबाट झापामा खेलकुदका पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन गरेको स्पष्ट पारे ।

खेलकुदप्रति झापाले देखाएको उत्साहको प्रशंसा गर्दै सदस्य सचिव विष्टले झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण सुरु गरिएको पनि बताए । कार्यव्रmममा पूर्वाञ्चल क्षेत्रीय प्रशासक रामकुमार कार्की, मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

anis with

कार्यव्रmममा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने झापाका पहिलो युवा अनिस लुर्इंटेलसहित खेलकुदको विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा भगिरथ आले, लोकप्रसाद ओली, बिहानी बचत तथा ऋण सहकारी संस्था, भानु शिवाकोटी, गणेशविव्रmम नेम्बाङ, होम पाण्डे, काँकरभिट्टा फुटबल टे«निङ सेन्टर, केशवकुमार बुढाथोकी, लक्ष्मीप्रसाद मिश्र, लेखनाथ पराजुली, नरेन्द्र मेचे, राजन श्रेष्ठ, रामकुमार कन्दङ्वा, त्रिलोचन चिमरिया, गङ्गालाल गुरुङ, प्रदिप मित्तल, प्रकाश शिवाकोटी, सहारा नेपाल साकोस चारपाने रहेका छन् ।

कार्यव्रmममा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, उद्योगी, व्यवसायी, सामाजिक व्यक्तित्वहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतियोगिता उद्घाटन कार्यव्रmममा पूर्वी नेपालका १६ जिल्लाबाट आएका खेलाडीहरु तथा जनज्योति माविका राष्ट्रिय सेवक दलमा आवद्ध विद्यार्थीहरुले मार्च पास, इष्ट होराइजन आवासीय उमाविका विद्यार्थीले सन्थाल नृत्य तथा मेचे समुदायले नृत्य प्रस्तुत गरेका थिए ।
आयोजक पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको औचित्यमाथि सहआयोजक झापा खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले प्रकाश पारेका थिए भने सञ्चालन सदस्य अर्जुनकुमार कार्कीले गरेका थिए । आइतबार सम्पन्न हुने क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका १०२ जना खेलाडीले जेठ १९ देखि २१ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने प्रचार प्रसार समितिका सदस्य मुकुन्द शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: