खेल टोलीको विदाई

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ११:५१


काँकरभिट्टा । आठौं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने खेल टोलीलाई सोमबार झापाको काँकरभिट्टाबाट विदाई गरिएको छ ।

क्षेत्रीय प्रतियोगिताको सह आयोजक झापा खेलकुद विकास समितिले काँकरभिट्टा उमाविको खेल मैदानमा कार्यव्रmमको आयोजना गरी विदाई गरेको हो ।

काँकरभिट्टामा आइतबार सम्पन्न आठौं पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेखकुद प्रतियोगिताका विभिन्न ६ वटा खेल विधामा विजयी हाँसिल गर्ने ८६ जना खेलाडीसहित १ सय २ जनाको खेल टोलीलाई झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा,कार्यालय प्रमुख टहलदाश मैनाली, वरिष्ठ कराँते प्रशिक्षक मदन उप्रेती, वरिष्ठ तेक्वान्दो प्रशिक्षक टार्जन सुब्बा, नेपाल भलिबल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुली, कराँतेका अन्र्तराष्ट्रिय रेफ्रि राज’ महर्जन, अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राई, नेपाल राष्ट्रिय वाणिज्य संघका जिल्ला सदस्य बालकृष्ण थापालगायतले खादा तथा अविर पहिर्याएर विदाई गरेका थिए ।

सो कार्यक्रममा झापाको धाइजनमा सम्पन्न मोफसलकै सर्वाधिक पुरस्कार राशीको तेस्रो राष्ट्रिय लिग भलिबल प्रतियोगितामा प्रथम पुरस्कार सौजन्य गर्ने समाजसेवी नरेन्द्र मेचेलाई सम्मान गरिएको थियो ।

त्यस्तै तेस्रो राष्टिय लिग भलिबल प्रतियोगिताको आयोजक विहानी बचत तथा ऋण सहकारी संस्थालाई समेत सम्मान गरिएको थियो ।
राजधानीमा यहि जेठ १९ गतेदेखि सुरु हुने आठौं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा भाग लिन पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख टेकप्रसाद कट्टेलको नेतृत्वमा काठमाडौं प्रस्थान गरेको छ । सो टोलीमा टिम कोचहरु कराँतेका गोपाल राई, तेक्वान्दोका कृष्ण राई, एथ्लेटिक्सका गोपाल यादव, भलिबलका हेमा थापा, कबड्डीका रतिया राजवंशी, उसुका विनोद मारिक लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: