खोजमूलक समाचार लेखन तथा सम्पादन तालिम सुरु

  प्रकाशित मिति
२६ जेष्ठ २०७५, शनिबार १९:१७


चारआली । पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालिम सुरु गरेको छ ।

शनिवारदेखि चारआलीस्थित फ्रेण्डसीप कर्नरमा भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीले नारी सञ्चार गृहले जग्गाको व्यवस्था गरेमा नगरपालिकाको तर्फबाट भवन बनाइदिने प्रतिवद्धता जाहेर गरेकी छिन् ।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि नगरपालिकाले फराकिलो दायरा बनाएर बजेटमै समेटेर रकम विनियोजन गर्ने आश्वसन समेत दिएकी छिन् ।
उपमेयर उप्रेतीले नारी सञ्चार गृहले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि र प्रोत्साहन गर्नका लागि स्थापना गरेको अक्षयकोषमा नगरपालिकाले कञ्जुस्याईँ नगरी सक्दो सहयोग गर्ने बचन दिएकी छिन् ।

वडा नम्बर १३ का अध्यक्ष कृष्ण सिग्देलले नगरपालिकाले भवन बनाउनका लागि जिम्मा लिएमा संस्थालाई १० धुर जग्गा वडाको तर्फबाट व्यवस्था मिलाइदिने बताएका छन् ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तालिमको प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा खोजपत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, नेपाल पत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी सचिव रेजिना गौतमले सञ्चालन गरेको कार्यक्रमा सहसचिव स्वस्तिका आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । १० जना पुरुष पत्रकारसहित ३५ जनाको सहभागिता रहेको छ ।

तालिमको सहजकर्ता खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले रहेका छन् ।
नारी सञ्चार गृह २०६८ सालमा स्थापना भएको संस्था हो । यसले स्थापना कालदेखि नै पत्रकार महिलाहरुको पेशागत हकहित र क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम तथा गोष्ठीहरु गर्दै आएको छ ।

सोही अनुरुप नै संस्थाले जिल्लामा रहेर विभिन्न सञ्चार संस्थामा आवद्ध रहेका पत्रकारहरुलाई खोजमूलक समाचार लेख्न सिकाउने उद्देश्यले आजदेखि तालिमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: