खोज पत्रकारिता प्रशिक्षण सुरु

  प्रकाशित मिति
१२ फाल्गुन २०७२, बुधबार ०९:२०


बिर्तामोड, फागुन १२। नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तीन दिने खोज पत्रकारिता प्रशिक्षण बुधवार बिर्तामोडमा सुुरु भएको छ ।

प्रेस स्वतन्त्रतताका लागि पत्रकार सुरक्षा, सामाजिक न्यायसहितको व्यवसायिक पत्रकारिता भन्ने नाराका साथ आयोजना गरिएको खोज पत्रकारिता प्रशिक्षण उद्घाटन समारोहका अतिथिले समाचार सामग्री तथ्य परक र खोजमुलक हुनुपर्ने र त्यस्ता सामग्री मात्र सम्प्रेषणयाग्य हुने बताए ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले प्रमुख अतिथिको तर्फबाट उद्घाटन गरेको समारोह महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको थियो ।

विभिन सञ्चारमाध्यममा आवद्ध झापामा व्रिmयाशील ४० जना पत्रकारको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण बरिष्ठ खोज पत्रकार हस्त गुरुङले गरिरहेको महासङ्घ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।

कार्यव्रmममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, महासङ्घ झापाका सल्लहकार तीर्थ सिग्देल, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियनकी उपाध्यक्ष इन्दू पूर्वेली, व्रmान्तिकारी पत्रकार सङ्घका उपाध्यक्ष डण्डीराज घिमिरे, फोनिजका अध्यक्ष गणेशमान मुखिया, सङ्घीय प्रेस फोरमका अध्यक्ष दिनेशराज नेम्वाङले शुभकामना व्यक्त गरेको महासङ्घका कोषाध्यक्ष प्रेम आचार्यले जानकारी दिए ।

उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव गिरीले गरेका थिए । प्रशिक्षण शुक्रवार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: