खोपका कारण शिशुको मृत्यु

  प्रकाशित मिति
१२ माघ २०७२, मंगलवार ०५:२६


शान्तिनगर । झापाको शान्तिनगरमा खोप लगाएको तीन दिन पछि एक शिशुको मृत्यु भएको छ । शान्तिनगर–१ बर्नेका दलबहादुर राईका २ महिनाका छोरा सुलभ राईको मृत्यु भएको हो ।

माघ ५ गते नियमित खोप अन्तर्गत डीपीटी र निमोनियाको खोप लगाएपछि बालकलाई तत्कालै अत्याधिक रक्तस्राव भएको स्थानीय रुद्र भण्डारीले बताए । रक्तस्राव पछि अस्वस्थ भएको शिशुलाई उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो । अञ्चल अस्पतालले बालकको उपचार सम्भव नभएपछि विराटनगर रेफर गरेको थियो । सुलभको उपचारको व्रmममा माघ ८ गते विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

शान्तिनगर स्वास्थ्य चौकीबाट खटिएका कर्मचारी महेन्द्र तामाङले उनको दाहिने तिघ्रामा खोपको सुई लगाएका थिए । बच्चाको मृत्यु औषधिमा समस्या भएर हो या प्राविधिक लापर्वाहीले भन्ने बारेमा छानविन कार्य सुरु भएको छ ।

आइतवार शान्तिनगर गाविसका सचिव सुदर्शन बरालको अध्यक्षतामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका इश्वरी पौडेल, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको रोहवरमा बच्चाको मृत्यु बारे छलफल भएको थियो ।
अत्यन्त विपन्न राई परिवारलाई शान्तिनगर गाविस र स्वास्थ्य चौकीले १ लाख ५० हजार रुपैयाँ राहत वापत उपलब्ध गराएको छ । मृत बच्चालाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन ईश्वरी पौडेलले बच्चाको मृत्यु खोप वा अन्य कारणले भएको हो भन्ने बारेमा छानवीनका लागि धरान वीपी कोइराला प्रतिष्ठानका डाक्टर समेतको टोली आएको बताएका छन् ।

उनले खोप हान्नु अघि निमोनिया भएको छ भने पनि खोपले असर गर्ने बताए । उनले पोष्टमार्टमको रिपोर्ट नआएसम्म बच्चाको मृत्युको कारण खोप नै हो वा होइन यकिनसाथ भन्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: