खोप रियाक्सनबाट भारतमा एकको मृत्यु, विज्ञ भन्छन्– ‘आत्तिनु पर्दैन’

  प्रकाशित मिति
२ असार २०७८, बुधबार १०:४२


झापा, २ असार । भारतमा कोभिशिल्ड खोप लगाएपछि एलर्जी भएर एक वृद्धको मृत्यु भएको छ ।

कोरोनाविरुद्धको खोप लिएका व्यक्तिमा एनाफिलेक्सिस नामक रियाक्सन हुँदा घटना भएको बीबीसीले जनाएको छ ।

तीन महिना अघि (८ मार्च २०२१) कोभिशिल्ड खोप लगाउँदा विरामी परेका ३१ जनाको विशेष उपचार भइरहेको थियो । त्यहीमध्येका ६८ वर्षीय वृद्धको मृत्यु भएको जनाइएको छ ।

एनाफिलेक्सिस एक प्रकारको गम्भीर एलर्जिक रियाक्सन हो । खोप लगाएपछि कसैकसैमा यस्तो रियाक्सन हुन्छ ।

भारतीय विज्ञ डा. एनके अरोडाले कोरोनाविरुद्धको खोप लिएपछि ३० मिनेटसम्म खोप केन्द्रमै आराम गर्न सुझाव दिएका छन् । यदि रियाक्सन भइहाल्यो भने शीघ्र उपचार गर्न सकियोस् भनेर खोप केन्द्रमै केहीबेर बस्न भनिएको हो ।

भारतमा साढे २३ करोड व्यक्तिमा खोप लगाइएको छ । जसमध्ये खोपको रियाक्सनले मृत्यु भएको यो पहिलो घटना हो । विज्ञहरुले खोप नै कोरोनाबाट बचाउने अचुक उपचार भएको भन्दै खोप लगाउन जोड दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज