खोप लगाउन छुटेका एक हजार बालबालिका खोज्दै स्वास्थ्यकर्मी

  प्रकाशित मिति
२७ असार २०७७, शनिबार १०:०६


मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मेचीनगर नगरपालिका ०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ ।

विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरस जस्ता अनेक रोगको महामारीको प्रवल सम्भावना रहने हुँदा खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्ने शाखा सहसंयोजक तथा स्वास्थ्य अधिकृत रामनारायण यादवले जानकारी दिए ।

शाखामा प्राप्त तथ्याङ्कको आधारमा निक्कै बालबालिकाहरु पूर्णखोप लगाउन छुटेको देखिएको हुँदा कोभिड–१९ महामारीले स्वास्थ्य संकटको अवस्थामा पनि ‘खोज र खोप’ भन्ने नीति अनुरुप नगरका १५ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वयम् सेविकाहरु परिचालन गरी कार्य सम्पन्न भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

पूर्णखोप सुनिश्चीतता तथा दीगोपना कायम राख्न तथा भावी दिनमा आउने महामारी रोगबाट बच्न पनि खोेप आवश्यकता भएकाले प्रत्येक बच्चालाई खोप लगाउनबाट कसैले पनि बञ्चित गर्न नहुने नगरप्रमुख विमल आचार्यको भनाई थियो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले खोप लगाउन छुटेका हरेक बच्चालाई खोपकेन्द्र सम्म लगेर खोप लगाउन आग्र्रह गदैं खोप लिनबाट कुनै पनि बालबालिका छुट्न नहुने धारणा व्यक्त गरिन् ।

शाखा सहसंयोजक यादवले मेचीनगर भित्रका १ हजार भन्दाबढी बालबालिकाले पूर्ण खोप लिन बाँकी रहेकोे बताए ।

नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यमिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोप सेवा प्रदान गर्दै आएको छ । तर, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट शतप्रतिशत बालबालिकाले खोप लिएका छन् भने अन्य स्वास्थ्य संस्थाबाट ‘ड्रप आउट’को संख्या निक्कै छ ।

(श्रोतःलक्ष्मी उप्रेती)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: