खोरेत रोगले छ बाच्छाबाच्छी मरे, तीनसय बढीमा सङ्क्रमण

  प्रकाशित मिति
३० जेष्ठ २०७४, मंगलवार १३:५५


झापा । झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ ।
जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिए । सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित भएको र छवटा बाच्छाबाच्छी मरेको उनले बताए ।

कार्यालयका पशु चिकित्सक चन्द्रदेव साहका अनुसार खुला चरनका कारण पशुमा खोरेतको सङ्क्रमण देखिएको हो । खोरेतको सङ्क्रमण हुँदा पशुको मुख र खुरमा घाउ हुने, दूध कम दिने र तौल घट्ने चिकित्सक साहले बताए ।

खोरेत सात प्रकारको भाइरसको सङ्क्रमणबाट लाग्ने गरे पनि नेपालमा चार प्रकारको मात्र देखापरेको पशु चिकित्सक साहले जानकारी दिए । “ए, ओ, सी र एसिया वान नामक भाइरस नेपालमा देखापरेको छ” – उनले भने ।

जिल्लामा ९० हजार थान खोरेतविरुद्धको भ्याक्सिन आइसकेको र अन्य पशुमा खोरेतको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा आठ हजार थान पठाइएको जानकारी पनि उहाँले दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: