मेचीनगर । अर्जुनधारा नगरपालिका–११ बस्ने प्रविन मुर्मुको ३ बर्षीय छोरा ऋषि मुर्मुको हिले खोलामा डुबेर मृत्यु भएको छ ।
विहीबार बिहान १० बजे घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारि तत्काल उद्धार गरी उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
उनको अस्पताल पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।