खोलाले बगाएर बेपत्ता भएका राई मृत अवस्थामा भेटिए

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार १९:५०


मेचीनगर । झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव मङ्गलबार फेला परेको छ ।

भद्रपुर–३ का ३३ बर्षीय हिरण राई शनिवार दिउसो ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा मङ्गलबार दिउसो १ बजे कचनकबल गाउँपालिका–५ बागाडाँगी स्थित मेची खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: