खोला गाउँ पसेपछि नगरबासी त्रसित

  प्रकाशित मिति
८ श्रावण २०७३, शनिबार १२:५०


13816846_604372316400434_1836939625_n
बाहुनडाँगी । एकसातादेखि परेको अविरल वर्षासँगै निन्दा खोलामा आएको बाढी गाउँ पसेपछि मेचीनगरबासी त्रसित बनेका छन् ।

बाहुनडाँगी ३ महलेचोक पश्चिमबाट निन्दा खोलाले धार परिवर्तन गरेर गाउँ पसेपछि त्यसको प्रत्यक्ष असर मेचीनगरमा परेको छ । त्यहाँबाट आएको बाढी सोझै मेचीनगर ७, ११, १२ र १३ नम्बर वडामा परेको छ ।

शनिवार बिहान खोलाले कटान गरेर भित्र पसको थियो । खोला गाउँ पसेपछि मेचीनगर पालिकाका कर्मचारी, शसस्त्र प्रहरी बल काँकरभिटा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी, विभिन्न राजनीतिक दलका नेताहरू महलेचोक पुगेर स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रमममा उनीहरूले यसको रोकथाम तुरुन्त गर्नु पर्ने बताएका थिए । २ वर्ष अघि आएको बाढीले पनि जमिन कटान गरेर गाउँ पसेको थियो । समयमा यसको रोकथाम नगर्नाले अहिले समस्या उत्पन्न भएको हो । बारम्बार बाढीले क्षति गर्दा पनि सम्बन्धी निकाय मौन बसेकै कारण हरेक वर्ष यहाँका किसानले सास्ती बेहोर्दै आउनु परेको बाहुनडाँगी एमाले अध्यक्ष हर्कबहादुर बस्नेतले बताए । उनले यसलाई रोकथाम गर्न सम्बन्धीत क्षेत्रले आनकानी गरेको आरोप लगाए ।

बढीले बाहुनडाँगी ३ मा रहेका १ सय विगाह भन्दा धेरै जग्गामा रोपिएको धान खेतीलाई समेत बगरमा परिणत गराएको छ । उक्त खोलाले बडाखाल, दोकानडाँडा, गिरीगाउँका किसानले रोपेको धान नष्ट गरेको छ ।

वर्षेनी आउने बाढीका कारण बाहुनडाँगीका किसानलाई समेत प्रत्यक्ष असर पर्ने गरेको छ । ‘बेलैमा रोकथाम नगरे यसले भविष्यमा ठूलो असर गर्छ’ नेपाली काङ्ग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले भने–‘पश्चिमतर्फ तार जाली लगाए पनि पूर्वका क्षेत्रमा यो काम नगर्नाले यो असर परेको हो । यसलाई सम्बन्धीत क्षेत्रबाट तुरुन्त काम नगरे यो निरन्तरको वर्षाले थप क्षति गर्ने निश्चित देखिन्छ ।’

निन्दा खोलाको बाढीले सयौँ विगाह खेतीयोग् जग्गा समेत कटान गरेको छ । बाहुनडाँगीकै दोकनडाँडा पश्चिममा काँसका बुट्टा र तारजाली लगाएर संरक्ष(ा गरिएपनि माथिल्लो भेगतर्फ धेरै जग्गा कटान गरेको छ । अब यस्तै बाढी ३ दिन मात्र आउने हो भने सिङ्गो नगरपालिकालाई ठूलो असर पर्ने धुलाबारी क्याम्सका क्याम्पस प्रमुख पुष्पराज पौडेलले बताए । उनले यसलाई बेलैमा रोकथाम नगरिए मेचीनगरको भवनलाई समेत असर पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: