खोलिए निर्वाचन अधिकृतका कार्यालय

  प्रकाशित मिति
१५ जेष्ठ २०७४, सोमबार १३:२४


indra धुलाबारी । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सोमबारबाट प्रदेश नम्बर १,२,५ र ७ मा निर्वाचन अधिकृतका कार्यालय खुलेका छन् ।

निर्वाचनलाई लक्षित गरी काम गर्ने उद्देश्यले कार्यालयहरु खोलिएका हुन् । झापाका १५ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय आजैबाट खोलिएका छन् ।

सोही अनुरुप मेचीनगर नगरपालिकामा सर्वोच्च अदालतकी उपरजिष्टार इन्दिरा शर्माको नेतृत्वमा कार्यालय खोलिएको छ ।

नगरपालिकाको कार्यालय परिसरमै रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो । नगरकी मुख्य निर्वाचन अधिकृत शर्माका अनुसार कुनै औपचारिक कार्यक्रम विनै निर्वाचन आयोगको बोर्ड राखेर काम सुरु गरिएको छ ।

 

nirbachan

उनले गणतन्त्र दिवसकै अवसर पारेर निर्वाचनलाई सफलीभूत बनाउने उद्देश्यले कार्यालय खोलिएको बताइन् । कार्यालय स्थापना गरेसँगै आवश्यक कर्मचारी नियुक्त गर्ने काम भएको शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: