गगनको ट्वीट्–अब विदेशी सेना फर्काउँछौं

  प्रकाशित मिति
३१ जेष्ठ २०७७, शनिबार १८:४२


मेचीनगर, ३१ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित सबै २५८ जना सांसद्हरुले पक्षमा मतदान गरी नेपालको नयाँ नक्सा पारित गरेको विषयमा नेपाली कांग्रेसका सांसद् तथा युवा नेता गगन थापाले गर्वको अनुभूति भएको बताएका छन् ।

नेता थापाले प्रतिनिधिसभाबाट नयाँ नक्सा पारित गर्नका लागि सरकारले पेश गरेको संविधान संशोधन विशधेयक पारित भए लगत्तै अब ट्वीट् गर्दै अब यसरी नै एकताबद्ध भएर विदेशी सेनालाई फिर्ता पठाउने बेला आएको जनाए ।

संविधान संशोधन विधेयकको पक्षमा सत्ता र विपक्ष भनेर यसपटक मतान्तर भएन । सबै दलले पक्षमा मतदान गरेका छन् ।

उनको ट्वीट् यस्तो छ–

‘आज ऐतिहासिक दिन ! सिङ्गो संसद् एकढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ । राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ । अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: