गच्छदारको फेरि अर्को प्रतिवद्ता

  प्रकाशित मिति
१८ पुष २०७२, शनिबार १०:५९


DSC02269

भद्रपुर । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले ऐतिहासिक महत्व बोकेको मेची पुल निर्माण यसै वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार मेची पुलको स्थलगत अवलोकन गर्दै मन्त्री गच्छदारले जनभावनाको कदर स्वरुप निर्माण थालनी भएकोले यसै वर्ष कार्य पूरा गर्न कसर बाँकी नरहने बताए ।

२०६६ माघ २० गते भौतिक तथा निर्माण मन्त्री भएका बेला गच्छदार आफैले शिलान्यास गरेको सो पुलको निरीक्षण गर्न पुनः शनिबार आएका हुन् ।

उनले तीन बर्षभित्र पुलको निर्माण कार्य पूरा हुने बताए पनि ६ बर्ष वितिसक्दा पुलको आधा काम समेत भएको छैन ।
उनले पूर्व पश्चिम हुलाकी लोक मार्गको पहिलो पुलको इतिहास बोकेको मेची पुलको निर्माणकार्य छिटो सक्न निर्माण कम्पनी र सडक विभागलाई आफूले ताकेता गरिरहेको बताए ।

प्राविधिक रुपमा केही समस्या भए समाधान गर्न साथमै रहेका सडक विभागका महानिर्देशक सम्भु कार्कीलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: