गजमेर परिवारले बनाइदियो खुट्टीडाँगी वनमा कलात्मक प्रवेशद्वार

  प्रकाशित मिति
५ मंसिर २०७६, बिहीबार २१:१४


धुलाबारी । मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन समूह तथा सिमसार क्षेत्रमा कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ ।
वन समूहले सञ्चालनमा ल्याएको सिमसार क्षेत्रलाई प्रवेशद्वारले झन् आकर्षक बनाएको छ । मेचीनगर वडा नम्बर ९ की जनप्रतिनिधि तथा उनको परिवारले उक्त प्रवेशद्वार बनाइदिएका हुन् ।


स्वर्गीय नरसिंह विश्वकर्माको स्मृतिमा छोराबुहारी रोशन र मीना गजमेरले ३ लाख १५ हजार रुपैयाँको लागतमा उक्त गेट बनाइदिएका हुन् । रोशन धुलाबारी बजारमा रहेको हनुमान ज्वेलर्सका सञ्चालक हुन् भने मीना मेचीनगर वडा नम्बर ९ की वडा सदस्य हुन् ।
‘समाजका निम्ति केही गरौँ भनेर सिमसार क्षेत्रमा प्रवेशद्वार बनाउन सहयोग गरेकी हुँ,’ सामाजिक क्षेत्रमा सक्रिय मीना गजमेरले भनिन्, ‘प्रवेशद्वार निर्माणले सिमसार क्षेत्रमा थप आकर्षण थपिने अपेक्षा लिएकी छु ।’
विहीवार आयोजित कार्यक्रमकाबीच निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन गरी साँचो गजमेर परिवारले बन समूहका अध्यक्ष टङ्कबहादुर नेपाललाई हस्तान्तरण गरेका छन् ।


दाता रोशन गजमेरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्मा, डिभिजन बन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरे, नेपाली काङ्ग्रेस झापाका सचिव ताराविर कटुवाल लगायतले दाताको प्रशंसा गरेका थिए ।
नेपाली काङ्ग्रेस मेचीनगर वडा नं. ९ समितिका सहसभापति मुकेश लिम्बूले सञ्चालन गरेको कार्यक्रममा काङ्ग्रेसका क्षेत्रीय सभापति मणि उप्रेती, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, केन्द्रीय सदस्य सङ्गीता थापा, मेची उद्योग वाणिज्य सङ्घका महासचिव धु्रव कनाल, काँकरभिट्टा खानेपानीका अध्यक्ष हर्क फ्याक, सीता पोखरेल, रेणुका डाँगी, अमर फम्बो, जानुका ओली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: