मेचीनगर । पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान झापाले यस वर्षको उत्कृष्ट विद्यालयको रूपमा शान्तिनगरको गढीगाउँ उच्च माविलाई पुरस्कृत गरेको छ ।
शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने विद्यालय तथा शिक्षकलाई हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठानले शनिवार एक कार्यव्रmमवीच गढीगाउँ उमाविलाई ५१ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो ।
क्षेत्र नम्बर १ र इलामको इरौटारलाई आधार मानेर प्रतिष्ठानले एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयलाई पुरस्कृत गर्दै आएको छ ।
यसैगरी, उत्कृष्ट शिक्षक प्रोत्साहन पुरस्कारबाट आदर्श उच्च माविका प्राचार्य हेमकुमार खड्कालाई पुरस्कृत गरिएको छ । उनलाई नगद १० हजार सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।
विषयगत शिक्षकतर्फ कवि शिरोमणि उच्च माविका विज्ञान शिक्षक हाल इलाममा स्थायी भएर गएका नगेन्द्र ढकाललाई प्रदान गरिएको छ । उनलाई नगद १० हजार र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।
खतिवडा परिवारकी ज्येष्ठ सदस्यका रूपमा ८२ वर्षीया जानुकादेवी खतिवडालाई सम्मान गरिएको छ । प्राज्ञ डा. लोकराज बरालको प्रमुख अतिथि तथा प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा सम्पन्न कार्यव्रmममा पुरस्कार छनोट समितिका संयोजक चन्द्र भण्डारी, वरिष्ठ साहित्यकार चुडामणि रेग्मी, पुरस्कृत व्यक्ति हेमकुमार खड्कालगायतले बोलेका थिए ।
कार्यव्रmममा कवि केशव आचार्य, मिलनकुमार ढुङ्गानाले कविता वाचन गरेका थिए भने पत्रकार पिनाकी कोइरालाले क्यारिकेचर गरेका थिए । कार्यव्रmममा शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, पुरस्कार छनोट समितिका सदस्य शिवप्रसाद पौडेल, दिलिप कार्कीलगायतको उपस्थिति रहेको थियो । छविलाल खतिवडाले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव तथा प्राध्यापक शिरो सान्दाईले गरेका थिए ।