विर्तामोड । सन् २०१७ मा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आइएमओ)मा भाग लिने नेपाली प्रतिनिधि छनौटका लागि बुधवार झापामा जिल्लास्तरीय प्रतिष्पर्धाको आयोजना भएको छ ।
विर्तामोडको कञ्चनजङ्घा उमाविमा भएको अन्तर विद्यालय प्रतिष्पर्धाबाट उत्कृष्ट ६ जना विद्यार्थी छानिएका छन् ।
छनोटमा खदुनावारीको न्यू होप इङ्लिश स्कूलका विजय बुडाथोकी प्रथम, विर्तामोडको कञ्चनजङ्घा उमाविका जेसीज ओझा दोस्रो र पृथ्वीनगरको ज्ञान सरोवर माविका उज्ज्वल पौडेल तेस्रो भएका छन् ।
यसैगरी, विर्तामोडको इडन गार्डेनका मयङ्क अग्रवाल चौथो, भद्रपुरको सिद्धार्थ शिशु सदनका हितेष मित्रुका पाँचौँ, नमुना इङ्लिश स्कुलका शिव चौधरी छैठौँ र निहारिका इङ्लिश स्कुलका आरजु अधिकारी सातौँ भएका छन् ।
आदर्श शिशु स्कुलका आशिष आचार्य आठौँ, पूर्वाञ्चल एकाडेमीका प्रतिक्षा चापागाइँ नवौँ र ज्ञानोदय सेकेण्डरी स्कुलका विशाल अधिकारी दशौँ भएका छन् ।
उत्कृष्ट ६ जनाले काठमाडौँमा हुने राष्ट्रिय छनोटमा भाग लिन पाउने भएका छन् भने राष्ट्रिय प्रतियोगिताबाट छानिने ६ जनाले ब्राजिलमा भाग लिन जान पाउने छन् ।
जिल्ला स्तरीय छनोटमा ६३ विद्यालयका १५४ जनाले भाग लिएका थिए । कार्यव्रmममा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई प्रमाणपत्र दिइएको थियो ।
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलको प्रमुख आतिथ्यमा भएको नतिजा प्रकाशन कार्यव्रmममा स्रोत व्यक्ति केशवबहादुर खवास, बिद्यालय निरीक्षक भोला दाहाल, कञ्चनजङ्घा उमाविका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपाने, पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरी, बोस्टन एजुकेशन फाउण्डेसनका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल, लक्ष्मी खनाल, दीपेन्द्र थापा, सविर मन्सुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।