गरिवका लागि राहत अभियान शुरु

  प्रकाशित मिति
१९ बैशाख २०७७, शुक्रबार १६:३५


झापा । लकडाउनले भोकभोकै रहेका झापाका गरिव जनताका लागि सहारा लगायतका विभिन्न संघसंस्थाहरुले राहतको अभियान शुरु गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण खाद्यान्न अभाव भएर समस्यामा परेका व्यक्ति तथा परिवारलाई खाद्य सामग्री सहयोग गर्ने कार्यक्रम अन्तरगत अघि सारिएको ‘एकका लागि एक’ अभियान मार्फत राहत वितरण शुरु गरेको छ ।

शनिबार बिर्तामोड–२, स्थित चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गरेका हुन् ।

प्रमुख अतिथि रानाले कोरोना कहरको कारण देशनै लकडाउन भएपछि समग्र क्षेत्र प्रभावित बनिरहेको अवस्थामा अझ दैनिक श्रम गरेर खाने विपन्न परिवारलाई शुक्रबार मजदुर दिवसको दिनबाट राहत वितरण गर्न सुरु गरिएकोमा अभियन्ताहरु र सहयोगी दाताहरुमा धन्यवाद दिएका छन् ।

हजारौं परिवारलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको अभियानले सफलता प्राप्त गर्न सकोस्, धेरै परिवारका सदस्यले भोकै रहन नपरोस् भनेर गरेको यो सतकर्मले सरकारलाई पनि सघाउ पुगेको उनले बताए ।

‘एकका लागि एक’ अभियानमा १७ भन्दाबढी संघ संस्थाहरुले एकैवद्धता जनाएका छन । सहभागी जनाउने संस्थाहरुमा सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाईटी झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, उद्योग वाणिज्य संघ बिर्तामोड, गैर सहकारी संस्था महासंघ, वीरता जेसीज, जिल्ला उद्योग संघ झापा, लायन्स क्लब अफ सुरुङ्गा, रोटरी क्लब अफ बिर्तामोड मिटटाउन, मेची पेट्रोलियम व्यवसायी संघ, रामचोक युवा समूह लगायतका संस्थाहरु अभियानमा जोडिएका छन ।

हरेक संस्थाले सहयोग बापतको रकम जम्मा गरेका छन, त्यसैगरी देश बिदेशमा रहने नेपालीहरुले पनि सहयोग रकम पठाएका छन । हाल सम्ममा १२ सय परिवारका लागि राहत जुटीसकेको बताईएको छ । सो बापत १७ लाख रुपैयाँ जम्मा भई सकेको र अरु ७ लाख सहयोगको बचन प्राप्त भएको जानकारी दिईएको छ ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रखुम कृष्णप्रसाद कोइराला, बिर्तामोड नगरपालिका वडा नं.२ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, लायन्स क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष लिला चिमरिया, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी लगायतको उपस्थिती थियो ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवारका ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि, कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको अभियानका संयोजक गिरीले बताए ।

कार्यक्रमको औचित्य माथी प्रकाश ओमप्रकाश गौतम र सञ्चालन सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: