गरीव रहेछन् दाहाल

  प्रकाशित मिति
३ पुष २०७३, आईतवार १०:२८


prachandझापा । प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्रीहरूको तुलनामा निकै गरीव रहेछन् ।

दाहालको सम्पत्ति विवरणले त्यस्तै देखाउँछ । बुधवार दाहाल लगायत सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

दाहालसँग चितवनमा मात्र एक कठ्ठा जग्गा र तीन तोला सुन रहेको विवरण सार्वजनिक भएको छ । जग्गा पनि पत्नी सीताको नाममा छ ।
गत वर्षको मङ्सिरमा पूर्व प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ओलीको सम्पत्ति दाहालको तुलनामा निकै धेरै थियो ।

ओलीले सम्पूर्ण सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका थिए । जसमा भक्तपुर बालकोटमा साढे एक रोपनी क्षेत्रफलमा साढे दुईतले घर र झापाको पृथ्वीनगरमा श्रीमती शाक्यकै नाममा १० कठ्ठा जग्गा देखाइएको थियो ।

ओलीसँग १४ तोला सुनका गहना र २१ लाख रुपैयाँ नगद पनि थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: