गाईको बाच्छो काटेको आरोपमा तीन पक्राउ

  प्रकाशित मिति
५ जेष्ठ २०७७, सोमबार १४:०२


झापा ५ जेठ । गौरादह नगरपालिका–४ मा गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र सोही स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन् ।

आइतबार राति १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा दुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भनी आज बिहान स्थानीयले प्रहरी चौकी माहारानीझोडामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: