गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा शुरु

  प्रकाशित मिति
२४ फाल्गुन २०७६, शनिबार २०:१०


भद्रपुर । कचनकवल गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

कचनकवल–६ बनियानी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी एम्बुलेन्स सेवा शुक्रबारदेखि सुरु गरिएको हा ।

सेवाको शुभारम्भ गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले गरे । कचनकवल गाउँपालिका र अन्तर्राष्ट्रिय झापाली समाजले करिब १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको अध्यक्ष आलमले जानकारी दिए ।

गाँउपालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उनको भनाई छ ।

गाउँपालिका क्षेत्रभरि एम्बुलेन्सले सेवाग्राहीबाट ५ सय रुपैयाँ र जिल्लाभरि प्रति किलोमिटर ग्राभेल सडकमा २५ रुपैयाँ र कालोपत्रे सडकमा २२ रुपैयाँ लिने दररेट गाउँपालिकाले तोकिसकेको छ ।

जिल्लाबाहिर प्रति किलोमिटर १८ र पहाडी जिल्लामा प्रति किलोमिटर ५० रुपैयाँ तोकिएको गाउँपालिकाका कर्मचारी विकास घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: