गाउँपालिकामा खटिए नयाँ प्रमुख

  प्रकाशित मिति
४ चैत्र २०७३, शुक्रबार ११:१५


Untitled-1 copy

झापा । राज्यले स्थानीय तहमा परिवर्तन गरे बमोजिम झापाका ७ वटा गाउँपालिकामा कार्यालय प्रमुखको रुपमा कर्मचारी परिचालन भइसकेको छ ।

जिल्ला विकास समन्वय समितिले जनाए अनुसार बुद्धशान्ति गाउँपालिकामा कार्यकारी प्रमुखको रुपमा जयनारायण खनाललाई पठाइएको छ भने कचनकवल गाउँपालिकामा विमल पोखरेललाई प्रमुख बनाएर पठाइएको छ ।

हल्दिवारी गाउँपालिकामा कुमुदचन्द्र झा, बाह्रदशीमा ठाकुरप्रसाद सुबेदी, झापामा राजेन्द्रकुमार पराजुली, कमलमा राजकुमार शाक्य र गौरीगञ्जमा भोजकुमार अधिकारीलाई कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

सबै गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव स्तरको कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिने सरकारको नीति भए पनि हाललाई नायव सुब्बा तहका कर्मचारीलाई समेत जिम्मेवारी दिइएको छ ।

झापाका ७ वटा गाउँपालिकामध्ये हाल कमल र बुद्धशान्तिमा मात्र शाखा अधिकृत तहको कर्मचारी खटिएका छन् । अन्यत्रका सबै प्रमुख नायव सुब्बा हुन् ।

सरकारले निकट भविष्यमै सबै गाउँपालिकामा शाखा अधिकृत नै पठाउने भएको छ ।
सरकारले नयाँ स्थानीय तह लागू गरेकै दिनदेखि सबै गाउँपालिका, नगरपालिका र वडा कार्यालयहरुमा प्रदेश नं. र नयाँ सदरमुकाम समेत उल्लेख हुने गरी लेटरप्याड र छाप परिवर्तन गरिसकेको छ ।

कार्यालयको बैङ्क खाता समेत नयाँ नाम अनुसार चलाउन पर्ने भएकाले जिल्ला समन्वय समिति लगायत अधिकांश स्थानीय निकायमा हाल खाताको नाम परिवर्तन गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: