गाउँमा मान्दैनन् सवारी नियम

  प्रकाशित मिति
८ माघ २०७२, शुक्रबार ०६:४४


pasu 4 (1)
झापा । सडकमा सवारी चाप बढेसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई टाउको दुखाई हुने गरेको छ ।

सवारी नियम उल्लङ्घन गर्ने चालकलाई कारवाही प्रव्रिmया अघि बढाउँदा दुर्घटनामा केही हदसम्म कमी आएको छ । यद्यपि कारवाही अभियानले मात्र सवारी दुर्घटना रोक्न नसकिने ट्राफिक प्रहरीको निष्कर्ष छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना रोक्नका लागि भनेर नयाँ उपाय अघि सारेको छ । त्यो हो ‘जहाँ आवश्यक त्यहाँ ट्राफिक’ ।
ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्यले दुर्घटना रोक्न चेकजाँचसँगै आवश्यक परेको ठाउँमा ट्राफिक प्रहरी खटाइएको जानकारी दिए । त्यसका लागि मातहतका ट्राफिक विटमा खटिएका प्रहरीलाई निर्देशन दिएको उनले बताए ।

‘कार्यक्षेत्रमा रहेका ट्राफिक सव्रिmय भएर लागेका छन्’, आचार्यले भने–‘कारवाही चलाएर मात्र दुर्घटनामा कमी नआउने भएकाले जनचेतनामूलक अभियान पनि थालेका छौ ।’

त्यसो त ट्राफिकले यस अघि सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गरेर उल्लेख्य राजस्व उठाउँदै आएको थियो । तर, दुर्घटनामा भने कमी आउन सकेको थिएन ।

ट्राफिकले चालेको कडा नियमलाई विस्थापित गर्दै नयाँ तरिकाले काम अघि बढाएको छ । ट्राफिकले मापसे चेकजाँच, आचरण व्यवहार, प्रशिक्षण, चालक प्रशिक्षण, गुनासो सुझाव सङ्कलन, स्वयम्सेवक उत्पादन लगायतका कार्यव्रmम सञ्चालन गरिरहेको छ ।

झापामा केही महिनायता सवारी दुर्घटनामा कमी आए पनि नियम उल्लङ्घनका घटना भने बढेर गएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालित ट्रक तथा ट्याक्टरले सवारी नियम पालना गरेका छैनन् ।

सहरी क्षेत्रमा मात्र ट्राफिक प्रहरीको सव्रिmयता हुने हुँदा गाउँका भित्रि सडकमा सवारी नियम ठाडै उल्लङ्घन भएको हो । भित्री सडकमा कुद्ने सवारी लाइट, नम्वर प्लेट विना नै सञ्चालित छन् । नियम नमान्ने त्यस्ता सवारीलाई कारवाहीको दायरामा ल्याइने प्रमुख आचार्यले बताए ।

जिल्ला ट्राफिक कार्यालयलाई विर्तामोड क्षेत्र व्यवस्थित गर्न सधै चुनौती हुने गरेको छ । विर्तामोडको ट्राफिक व्यवस्थापन अझै हुन सकेको छैन । सवारी पार्किङको अभाव हुँदा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न समस्या भएको हो ।

पछिल्लो समय विर्तामोडमा थुप्रिएको सिटी सफारी व्यवस्थापन गर्न गाह्रो भएको ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारी अन्यत्र दर्ता गराई विर्तामोडमा ल्याएर सञ्चालन गर्दा व्यवस्थापन गर्न समस्या भएको आचार्य बताउँछन् ।

‘सिटी सफारीको सङ्ख्या बढेको बढ्यैछ’, उनले भने–‘सिफारिस अन्यत्रबाट लिने अनि विर्तामोडमा ल्याएर चलाउने यसले समस्यामा निम्त्याएको छ ।’ सिटी सफारी रुट पर्मिट अनुसार सञ्चालन गर्नुपर्ने उनको भनाई छ । सफारीलाई व्यवस्थापन गर्न नसके यसबाट दुर्घटना निम्तने खतरा रहेको आचार्य बताउँछन् ।

विर्तामोडको हकमा सिटी सफारीलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीले नियम बनाएको छ । प्रत्येक बस विसौनीको छेउमा १० वटाभन्दा बढी सिटी सफारी राख्न नपाइने नियम छ । त्यस्तै कालोपत्रे छाडेर मात्र सफारी पार्किङ गर्नुपर्ने हुन्छ । तर, धेरै जसो सिटी सफारीले ती नियम पालन गरेका छैनन् । आफू खुशी तरिकाले सफारी विर्तामोडलगायतका बजारमा सञ्चालन भइरहेका छन् ।

सरकारले सिटी सफारी चालकको पनि लाइसेन्स अनिवार्य गर्न लागेको छ । यसले केही हदसम्म सिटी रिक्सा व्यवस्थापन हुने जानकारीहरू बताउँछन् ।

यसरी झापामा सवारी दुर्घटनामा कमी आएको छ । मङ्सिर र पुस महिनाको तथ्याङ्क हेर्दा सवारी दुर्घटनामा ५० प्रतिशतले कमी आएको देखिन्छ । सवारी दुर्घटनामा परी मङ्सिरमा ६ जनाको मृत्यु भएको थियो । १५ वटा सवारी दुर्घटनामा ७ जना घाइते भए । पुसमा १२ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: