गाउँमा हात्ती पसेपछि स्थानीय त्रसित

  प्रकाशित मिति
१४ असार २०७५, बिहीबार १०:४७


ज्यामिरगढी । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर–१० ज्यामिरगढीमा रहेको सौरभ चिया बगानमा गएरातिदेखि पाँँचवटा छावासहित १८ वटा हात्ती रहेका छन् । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो ।

विहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वडाअध्यक्ष गुणराज भट्टराई, र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ ।

अहिले इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरीसहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए ।

छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए ।

हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दुरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: