गाउँलेको व्यथा सुन्नै नभ्याई फर्किए मन्त्री

  प्रकाशित मिति
३ पुष २०७२, शुक्रबार ०६:००


mantri 1
हेल्दुवारी (ज्यामिरगढी) । राज्यको सहयोगी नजर पर्न नसकेको झापाकै गरीव गाविस ज्यामिरगढीमा बिहीवार सिञ्चाई मन्त्री उमेश यादव आइपुगेका छन् ।
हत्तपत्त मन्त्रीको आगमन नहुने यस गाउँमा आइपुगेका मन्त्रीसँग गाउँलेले आफ्ना थुप्रै पीर र व्यथा सुनाउने रहर पालेका थिए । आउन त आए मन्त्री, तर उनले जिल्लाका ठूला कार्यकर्ताको हतारोले गाउँलेको वह सुन्नै भ्याएनन् ।

ज्यामिरगढीको वडा नं.२ र ३ मा निन्दा र मेची नदीले कटान गरेर थुप्रै घर परिवारलाई विस्थापित बनाउन थालेको छ भने हेल्दुवारी, भिन्डीवस्ती जस्ता ठूला वस्ती बाढीको उच्च जोखिममा छन् ।

बिहीवार गाउँको यही व्यथा देखाएर सहयोग माग्न एकीकृत माओबादीको ज्यामिरगढी नेतृत्वले मन्त्री यादवलाई प्रभावित क्षेत्रको स्थलगत अवलोकन गराउने कार्यव्रmम बनाएको थियो ।

‘अहिले (बुधवार) साँझ मात्र कार्यव्रmम फिक्स गरिएको हो’, एमाओबादी ज्यामिरगढीका अध्यक्ष हरि दाहालले लोकतन्त्र पोस्टसँग बुधवार राति भनेका थिए–‘तपाईहरू पनि आइदिनु प¥यो, हामी खोलाले पु¥याएको क्षति मन्त्रीलाई देखाउँदै छौँ ।’

विहीवार विहान मन्त्री निर्धारित समयभन्दा अढाइ घन्टा ढिलो हेल्दुवारीस्थित विज्ञान ज्योति अङ्ग्रेजी विद्यालयमा आइपुगे । गाडीको लावालस्करमा एमाओबादी पार्टीका जिल्ला नेतृत्व, मन्त्रीका कर्मचारी र मातहतका सरकारी कार्यालयका कर्मचारीको भीड थियो ।

मन्त्री आइनपुग्दै ‘लौ सबैतिर जान भ्याइँदैन, के छ भन्न तपाइँहरूको सुनाइहाल्नोस्’ भन्दै एमाओबादीका जिल्ला नेता गगन पुरी अघि सरेर बोलिरहे । उनले ‘हत्तेरिका हत्तेरिका’ भन्दै त्यहाँको कार्यव्रmम सकिहाल्न दवाव दिएका थिए ।

मन्त्री यादव केही समझदार देखिए । हतारका बाबजुत उनी निन्दा खोलाको किनारसम्म छ्यास्स पुगेँ र खोलातिर नजर डुलाउन भ्याए । फर्किएर स्कुलमा स्थानीयको फुलमाला ग्रहण गरेर उनले आधा मिनटभन्दा छोटो मन्तव्य समेत दिए ।

त्यही अवसरमा पालिया नहर उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बस्नेत र सचिव उदय राउतले नहर व्यवस्थापनका लागि २५ लाख रुपैयाँको बजेट माग गरेँ । स्थानीय पार्टी नेतृत्वले निन्दा र मेची नदीले गरेको कटान रोक्न तटबन्धन योजनाको माग गरे । मन्त्रीले जवाफमा ‘केही त अवश्य सहयोग गर्छु’ भन्ने आश्वासन दिएका छन् ।

स्थानीय एमाओबादी कार्यकर्ता मन्त्रीलाई ज्यामिरगढीको वडा नं.३ को हेल्दुवारी, विचकामत र वडा नं.२ को भिन्डीवस्ती देखाउन चाहन्थे । जहाँ बर्षेनी निन्दा र मेचीको बाढीले घर बगाएको मात्र छैन, वस्ती नै विस्थापित गर्ने खतरा छ ।

स्थानीयवासीका अनुसार हेल्दुवारीमा निन्दाले सूर्य चौधरी लगायतको १० घर विस्थापित गरिसकेको छ भने २० घर अहिले उच्च जोखिममा छन् ।
यसैगरी, भिन्डीवस्तीमा यसै बर्खामा दुई घर मेचीले कटान गरेर बगाएको छ भने २५ घर आउँदो बर्खामा बग्ने जोखिममा परेका छन् । मोहन कित्ता र विचकामतमा समेत निन्दा नदीले गाउँ बगाउने जोखिम छ ।

बाटैमा रहेको बिचकामत र हेल्दुवारीकै छेउमा रहेको भिन्डीवस्तीमा मन्त्री नपुगेकोमा स्थानीयले गुनासो गरेका छन् । उनीहरूले मन्त्रीले आफ्ना गुनासा समेत सुन्न नभ्याउने गरी हतारो गरेर फर्किएको दुःखेसो पोखेका छन् ।

झापा क्षेत्र नं. २ मा पर्ने ज्यामिरगढीको वाढीबाट उत्पन्न हुने समस्याको समाधानमा निर्वाचित सांसद सुधिर शिवाकोटीले समेत उचित ध्यान पु¥याउन नसकेको स्थानीयको गुनासो छ ।

लामो समय दिन नभ्याए पनि एमाओबादीको स्थानीय नेतृत्वले ज्यामिरगढीमा मन्त्रीको भ्रमण गराएर स्थानीय समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सफल भएको अन्य दलका कार्यकर्ता समेत बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: