गाउँलेले सडकमा नै धान रोपे (फोटो फिचर)

  प्रकाशित मिति
९ असार २०७७, मंगलवार १४:०८



।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर–६ स्थित शान्ति गाउँको गुराँस मार्गमा गाउँलेले सडकमा नै धान रोपेका छन् ।

काँकरभिट्टाको कालीखोला नजिकैको गुराँस मार्गको सडक हिलाम्मे भएर हिड्नै नसक्ने भएपछि गाउँले मङ्गलबार विहान सडकमै धान रोपेका हुन् ।

वर्खा शुरु हुनसाथ त्यहाँको सडक हिलाम्मे हुने गरेको छ । स्थानीयलाई सडक हिलाम्मे भएपछि आवत–जावतमा समस्या भएको छ ।

गाउँलेले मेचीनगर नगरपालिकाका प्रमुख, वडाध्यक्ष र राजनीतिक दलका नेताहरुलाई गुराँस मार्गको सडक मर्मतका लागि धेरै पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि दवावका लागि पनि सडकमै धान रोप्न बाध्य भएको स्थानीय राकेश थापाले बताए ।

मेचीनगरका अधिकांश सडक तथा किसानका खेतबारी बाडीको जोखिममा छन् ।

नगरपालिकाले बेलैमा बाडीको विपद् रोक्न तयारी थाल्न जरुरी भइसकेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: