गाउँले र भण्डारी सम्मानित

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ११:२९


jitenra

पाँचथर । फिदिममा मङ्गलबार आयोजित एक कार्यव्रmमका वीच दुई पत्रकार सम्मानित भएका छन् ।

स्वतन्त्र सेनानी पत्रकारिता पत्रकार पुरस्कारबाट नेपाल पत्रकार महासङघका निवर्तमान अध्यक्ष तथा सिआइजेका सम्पादक शिव गाउँले र इगल एफ.एम ९९.२ मेगाहर्जका स्टेशन म्यानजेर, रासस, इमेज च्यानल कालिका एफ.एम र पूर्वेली अनलाइनका पाँचथर संवाददाता जितेन्द्र भण्डारी सम्मानित भएका हुन् ।

लोकतान्त्रिक,गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान पुरयाएको भन्दै गाउँलेलाई ११ हजार १ सय ११ रुपैयाँ र जिल्लामा वातावरणयी क्षेत्रमा अमूल्य योगदान पुरयाएको भन्दै भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरुस्कार प्रदान गरिएको हो ।

स्वतन्त्र सेनानी पत्रकारिता पुरुस्कार नेपाल पत्रकार महासंघ शाखा पाँचथरले स्थापना गरेको हो भने स्वीर्गय हरिचरण भद्रमाया पत्रकारिता पुरुस्कार फिदिमका ब्यवसायी नरेन्द्र अधिकारीले वुवा आमाको नाम्मा स्थापना गरेको हो ।

सभासद् तथा उद्योग वाणिज्य हित सम्वद्ध संसदीय समितिका सभापति भिष्मराज आङदेम्बेले सम्मानसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: