परिवर्तनकारी बन्न मिडियालार्इ आग्रह

  प्रकाशित मिति
१ बैशाख २०७३, बुधबार ११:३३


kumar chetriमेचीनगर,१ बैशाख । नयाँ शक्ति नेपालका जिल्ला संयोजक कुमार क्षेत्रीले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानमा मिडियाले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

नयाँ शक्ति नेपालको मेचीनगर कमिटीले बुधवार काँकरभिट्टास्थित मेची होटलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यव्रmममा बोल्दै संयोजक क्षेत्रीले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘हिजोको दिनमा मिडियाले राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका सराहनीय छ’, उनले भने–‘अब मुलुकमा आर्थिक रुपान्तरण जरुरी छ, त्यसमा मिडियाको सहयोग चाहिएको छ ।’

उनले पैसावाला र प्रभाववालाको पक्षमा मिडिया लाग्न नहुने सुझाव दिदै परिवर्तनका पक्षमा रहेका श्रमजीवी पत्रकारहरूले समेत निर्धक्क कलम चलाउन नपाइरहेको बताए ।

नयाँ शक्ति नेपालको मेचीनगर संयोजक पुष्प पौडेलको सभापतित्वमा भएको कार्यव्रmममा सो पार्टीको केन्द्रीय परिषद् सदस्य पनिता ढकाल, पार्टीकै अभियन्ता वीरु श्रेष्ठ, पत्रकार मोहन काजी, रेडियोकर्मी सन्तोष, एसपी लुइँटेल लगायतले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पार्टीले यही बैशाख ३ गते धुलावारीको मेची उद्योग वाणिज्य संघको हलमा नगरस्तरीय परिषद भेलाको आयोजना गर्न लागेको र त्यसमा पार्टीका केन्द्रीय परिषद सदस्य पासाङ शेर्पा अतिथिको रुपमा आउने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: