गायक रमेश प्रसाईको मंसिर २२ गते विहे

  प्रकाशित मिति
१६ मंसिर २०७७, मंगलवार १८:१८


कालो टिसर्टमा नन्दा सिंह ।

झापा, १६ मंसिर । नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन् । रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन् ।

जीवनले पनि रमेशसँगै एकै मण्डपमा सँगै विहे गर्दैछन् । उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेका छन् ।

समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ । उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ । दृष्टिविहीन भए पनि उनको ज्ञान, बोल्ने शैली र क्षमताबाट मानिसहरु प्रभावित छन् । उनी दोहोरीमा पनि अब्बल छ्न् ।

को हुन दुलही ?

मेचीनगर निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन् । नन्दा पनि दृष्टिविहीन हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ ।

रमेशका साथी जीवनले भने जुनु तामाङसँग गर्दैछन् । रमेश र जीवन १२ वर्षदेखि सँगै बस्दै आएका छन् । आफ्नो मित्रतालाई कायम राख्दै उनीहरुले एकै मण्डपमा एकै दिन विहे गर्ने निर्णय गरेका छन् ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: