गायनमा फर्किए धनकिरण

  प्रकाशित मिति
२९ फाल्गुन २०७६, बिहीबार २०:०९


मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी बेलायती नागरिक धनकिरण गुरुङको ‘तिम्रो यादमा’ गीतको यात्रा एल्बम शुक्रबार बेलायतको फोक्सटन सिटीबाट सार्वजनिक हुँदैछ ।

सोही एल्बमका बारेमा गायक तथा समाजसेवी धनकिरणसँग लोकतन्त्र पोस्ट दैनिकका कार्यकारी सम्पादक अर्जुन कार्कीले लिएको ताजा अन्तरवार्ता प्रस्तुत छ–

–कहिलेदेखि गायनमा हुनुहुन्छ ?

विगत ३५ बर्षदेखि छु ।

–किन बीचमा गायन क्षेत्रलाई छोड्नु भयो ?

१८ वर्ष ब्रिटिस सैनिकमा कार्यरत थिएँ । सन् २००४ सालमा अवकास पाए पश्चात बेलायतको राजनीतिमा होमिन पुगेँ ।
साथै, विभिन्न सामाजिक कार्यको व्यस्तताले गर्दा सङ्गीतलाई समय दिन नै सकिएन । अहिले पछुतो लागेको छ ।

– अब किन फेरि गायनमा फर्किदै हुनुहुन्छ ?

मलाई लाग्छ, बेलायतको राजनीतिक इतिहासमा नेपालीमुलका पहिलो काउन्सिलर भएर ब्रिटिस जनता, गोर्खाली र नेपाली समुदायको सेवा तथा जनताप्रति समर्पित गर्न पाउँदा जनताबाट माया अनि सम्मान पाएको थिएँ । तर, मेरो सङ्गीतको प्यास चाहिँ मेटिएको थिएन ।

जसले मलाई माया, सद्भाव र पीडा अनि आत्मा शान्तिको सन्देश बाँड्ने एकमात्र पवित्र माध्यम भएकाले फेरि सङ्गीतमा फर्केर आनन्दको साथ सङ्गीतको प्यास मेटाउनका लागि यसमा होमिएको छु ।

–गायनमा लाग्दा राजनीति र समाजसेवा बिर्सनु त हुँदैन नि ?

बिल्कुलै बिर्सिदैन । गायन क्षेत्रले झन् मेरो राजनीतिक, सामाजिक सेवा दुबैलाई अझै उच्च स्थानमा पुर्याउँछ भन्ने मलाई विश्वास लागेको छ । त्यसैले, अब राजनीतिक, सामाजिक सेवा तथा सङ्गीतलाई सँगसँगै अघि बढाएर लाने काम गर्दैछु ।

–अन्त्यमा तपाईंको कुरा केही छ ?

जसरी मलाई राजनीति तथा सामाजिक सेवामा माया र हौसला दिएर यहाँसम्म पुर्याउनु भयो । मेरो साङ्गीतिक यात्रालाई पनि त्यसरी नै माया गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

यहाँहरुलाई स्मरण रहोस्, भिजिट २०२० को शुभ अवसरमा मेरो गीति एल्बम यात्राबाट ५ वटा म्युजिक भिडियो गीत युट्युबमार्फत दर्शक–स्रोता माझमा आइरहेको छ । जसको म्युजिक भिडियो गीतहरु यस प्रकारका छन् ।

१) हे चरी….. १ जनवरी, २०२०

२) तिम्रो यादमा…… १३ फ्रेबरी, २०२०

३) वर्षौं बित्यो….. २० फ्रेबरी ,२०२०

४) हावा सरर…१४ नभेम्बर, २०२०

५) यसरी घुरेर नहेर मलाई……२० नभेम्बर, २०२०

कृपया युट्युव हेरेर, गीत सुनेर धेरैभन्दा धेरै शेयर साथै प्रतिक्रिया गरी मेरो साङ्गीतिक यात्रालाई पुनः माया अनि साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: