गाविस भवनको काम रोकियो

  प्रकाशित मिति
२८ भाद्र २०७३, मंगलवार १३:४१


sagar-news-photo-27

खुदुनावारी । खुदुनावारी गाविसको निर्माणाधीन भवन रकम अभावका कारण रोकिएको छ ।

२०७३ असार मसान्तसम्म हस्तान्तरण गर्ने सम्झौता शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत रहेको जिल्ला प्रावधिक कार्यालय झापासँग स्थानीय भवन निर्माण समितिले गरे पनि रकम अभावका कारण अपुरो भएको भवन निर्माण समितिका अध्यक्ष रोम घिमिरेले बताए ।

टाइविम र सेफ्टी ट्याङ्कीको काम मात्र भएको तर भवन निर्माण तथा अन्य महत्वपूर्ण काम हुन सकेको छैन । हालसम्म भवन निर्माणको निम्ति १३ लाख बराबरको मात्र काम भएको भवन निर्माण समितिले जनाएको  छ ।

अघिल्लो सरकारले ल्याएको बजेट वर्तमान सरकारले पुरक बजेट ल्याउने भन्दा हामीलाई बजेट नआएको हुन सक्ने अध्यक्ष घिमिरेको भनाइ छ । जिल्ला प्राविधिक कार्यालयमा असार १५ मा पुन निवेदन दिएर नवीकरणको सम्झौता गरेको घिमिरे बताउँछन् । खुदुनाबारी गाविसको भवन द्वन्द्वकालमा जीर्ण भएपछि नयाँ भवन निर्माणको काम थालिएको थियो ।

नवनिर्मित भवन १ सभाहलसहित ५ कोठाको १ तले बनाउन लागिएको हो । भवन निर्माण समितिले कुल लागत ४९ लाख २८ हजार ४ सय ७५ रुपैयाँ ३९ पैसाको लक्ष्य लिएको छ भने नेपाल सरकारबाट ४० लाख रकम विनियोजन हुनेछ । जसमा १ लाख २० हजार रकम कट्टा गरी भवन निर्माण समितिले ३८ लाख ८० हजार रुपैयाँमा काम सम्पन्न गर्नुपर्ने अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: