गुमाउनै नहुने अवसर

  प्रकाशित मिति
२३ फाल्गुन २०७२, आईतवार ०४:३९


सूचनाको प्रविधिमा भएको व्रmान्तिकारी परिवर्तनबाट आज कोही पनि अछुतो रहन सक्दैन । हाम्रो जस्तो विपन्न मुलुकका बासिन्दाका घरघरमा मोवाइल र टीभीको नयाँ प्रविधिले जीवनयापनलाई आधुनिक एवम् सुविधायुक्त तुल्याइरहेको सर्वविदतै छ । सूचना प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनका बारेमा जानकारी दिने एउटा अभूतपूर्व अवसर अहिले पूर्वी नेपालले प्राप्त गरेको छ–‘क्यान इन्फोटेक’ अर्थात सूचना प्रविधि मेलामार्फत । विर्तामोडमा भव्य रुपमा विगत दुई दिनदेखि मेला चलिरहेको छ । यो मेलाको भरपूर फाइदा उठाउने अवसर स्थानीयवासीलेगुमाउन हुन्न छ ।

संसारमै छिटो परिवर्तन कुनै क्षेत्रमा भइरहेको छ भने त्यो सूचना प्रविधि नै हो । हरेक वर्ष हाम्रा हातमा मोवायलका सेटका आकार मात्र होइन, तिनका सुविधाहरू बदलिएका छन् । रेडियो सुन्न र टेलिभिजन हेर्न अब छुट्टै सेट चाहिन्छ भन्ने कुरा पुरानो हुन थालिसक्यो । एउटै यान्त्रिक भाँडोमा पत्रिका पढ्न, रेडियो सुन्न र टेलिभिजन हेर्न सकिने भइसकेको छ । त्यसैले आजको युगलाई सूचना प्रविधिको युग अर्थात डिजिटल जमाना भनिएको हो ।

नेपाली युवा पुस्ताले सूचना प्रविधिप्रति देखाएको मोह उत्साहजनक छ । शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि जुनसुकै क्षेत्रमा पनि सूचना प्रविधिले अतुलनीय सघाउ पुर्याइरहेको हुन्छ । फेसबुक, इन्टरनेट र मोवायलका मात्र कुरा गर्ने हो भने यो विना आजको युवा पुस्ता छिनभर पनि बस्न सक्दैन । मेलामा अवलोकनकर्ता बढेका बढ्यै छन् । आफ्नो घरका बालवालिका र स्कुलका विद्यार्थी पठाएर मात्र होइन, आफु समेत अवलोकनमा जान हरेक अभिभावक तथा शिक्षक तयार हुुनुपर्छ । पूर्वी नेपालको झापा राजधानीपछिको शिक्षित जिल्ला मानिन्छ । कम्प्युटर एसोसिएसन महासङ्घले मेलाको आयोजना गरेर झापावासीलाई सूचना प्रविधिको क्षेत्रमा अग्रणी बन्न सक्ने गोरेटो प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: