गृहनगरमै ओली र सिटौलालाई चुनौती

  प्रकाशित मिति
१७ असार २०७४, शनिबार १२:५५


झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा हार व्यहोरेका सिटौलाले दोस्रो संविधानसभाको निर्वाचनमा सफलता हाता पारेका थिए । सिटौलाकै (नेपाली कांग्रेस)पकड क्षेत्र मानिएको भद्रपुरमा नेकपा एमालेले भारी मतले अग्रता लिएको छ ।

नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी रहेको वडामा पनि एमालले नै बाजी पार्ने मतगणनाको नजिताले देखाइरहेको छ ।

त्यसैगरी, एमालेका अध्यक्ष केपी शर्माको गृहनगर दमकमा भने एमालेले राप्रपासँग कडा प्रतिष्पर्धा गरिरहेको छ । ओलीले पनि पहिलो संविधान सभाको निर्वाचनमा हार व्यहोरेका थिए भने दोस्रोमा जित्न सफल भएका थिए ।

अध्यक्षकै नगर दमकमा पनि एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रष्ट देखिन्छ । नेकपा एमाले राप्रपासँग ४ मतले मात्र अगाडि देखिन्छ ।
त्यसैगरी, नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र नेकपा एमालेका पोलिटव्यूरो सदस्य रविन कोइराला रहेको मेचीनगरमा पनि दुवै पार्टीबीच उस्तै प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु आच्छु बनाइरहेको देखिन्छ । आज विहानसम्म झिनो मतले अग्रता देखाएको कांग्रेसलाई ९ बजेपछि आएको प्रारम्भिक मतको परिणामले एमालेको अग्रता देखाएको छ ।

झापामा राप्रपा पनि अगाडि आउँदै गएको छ । उसले २ बटा बडामा अध्यक्ष र २ बटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ ।

झापाको हल्दिबारी र कचनकबलमा राप्रपाले अनपेक्षित परिणाम निकाल्ने आँकलन गर्न थालिएको छ भने गौरादह नगरपालिका, झापा गाउँपालिका, बाह्दशी गाउँपालिकामा कांग्रेसको अग्रता देखिन्छ ।

झापामा माओवादी केन्द्रले भने अझै पनि कुनै पनि नरपालिका र गाउँपालिकामा अग्रता देखाउन सेकेका छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: