धुलावारी । गृअलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा आइतवार राती चोरीको प्रयास भएको छ ।
आइतवार राती १२ बजे सहकारी भवनको पूर्व पट्टिको झ्याल फुटाएर रकम चोरीका लागि भित्र प्रवेश गरेको अनुसन्धानका क्रममा देखिएको छ ।
लेखा शाखाको साइडमा रहेको सहकारीको सेफ बक्स कोठामा प्रवेश गरेर सेफ बक्स फार्न प्रयास गरे पनि फोर्न नसक्दा कुनै अरु कुनै पनि रकम चोरी भएको छ । यद्यपी अन्य भौतिक क्षति भने ५० हजार बराबरको भएको संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले जानकारी दिए ।
७ वटा सीसी क्यामारा रहेको उक्त सहकारीमा ५ वटा क्यामाराको लाइन भने चोर्न आउनेले चुँडाएको छ । अन्य दुइवटा भने चालु अवस्थामा थिए ।
१२ बजेदेखि २ बजेर ५८ मिनेटसम्मको अवधी बैंकभित्र विताएको अनुसन्धानमा देखिएको छ । चारी गर्नका लागि भवनभित्र एक जना मान्छे मात्र प्रवेश गरेको र थोरै संख्यामा धेरैमा २ देखि ३ जनाको समूहमा मात्र आएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय धुलावारीका इन्सिपेक्टर खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । इन्सिपेक्टर रिजालका अनुसार चोरी गर्न सफल नभएको र यो प्रकृतिको घटना फेरीलाई हुन नदिन प्रहरीले धुलावारी बजार र यस आसपासका क्षेत्रमा विशेष निगारानी बढाउने बताए । साथै उनले यो चारेको अनुसान्धन भइरहेको समेत जानकारी दिए ।
चोरीको क्रममा एउटा सिसा, ३ वटा ताल्चा फुटाएको छ । साथै सेफ बक्स .लाई धेरै पटक फलामले फुटाउन प्रयास गरिएकोले उक्त सेफ बक्स काम नलाग्ने अवस्थामा रहेको छ ।
संस्थाकी उपाध्यक्ष रेनुका डाँगीले संस्था ठूलो घटना हुनबाट बचेको बताउँदै सेयर सदस्यहरुलाई ढुक्क हुन आग्रह गरिन् । साथै उनले संस्थाका हरेक कारोबारमा बिमा गरिएको समेत जानकारी दिइन् ।